काठमाडौं– सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सल्यानको बागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नम्बरको बोलेरो (डबल क्याब) जिप आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट–३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो।
घाइतेमध्ये गम्भीर रहेको अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ।
दुर्घटना परी बागचौर नगरपालिका–१ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका–२ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका रावल घायते भएको प्रहरीले जनाएको छ।
यसैगरी दुर्घटनामा गाडी चालक बागचौर नगरपालिका–२ का १९ वर्षीय हिक्मत पुन मगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसीसमेत घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई उद्दार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल दाङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।