काठमाडौं- नेकपा (एमाले)ले बूढानीलकण्ठ नगरपालिकाका वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ।
आज सम्पन्न वडा सम्मेलनबाट १३ वटै वडामा पदाधिकारी चयन गरिएको नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले विज्ञप्तिमामार्फत् जानकारी दिएको छ।
जसअनुसार वडा नम्बर १ देखि १३ सम्म क्रमश: हरी भारती, राजेन्द्र श्रेष्ठ, गणेश कुँवर, कमला पन्त, नारायण दुलाल, रबि खड्का, मंगलदास महर्जन, विनोद थापा, दिलिप थिङ, जगतप्रसाद निरौला, कृष्ण भट्टराई, शंकर भट्टराई र टिकेसनारायण श्रेष्ठ अध्यक्ष चुनिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज 'भर्चुअल' रुपमा एक साथ देशैभरका वडा सम्मेलन उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।