• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बेमौसमी वर्षाको पीडा : काटेर राखेको धान खेतमै उम्रियो

64x64
रासस शनिबार, कात्तिक ६, २०७८  १६:४४
1140x725

कञ्‍चनपुर- लगातार चार दिनसम्मको वर्षापछि घाम लाग्न सुरु भएको छ। कञ्‍चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन्। सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ। पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन्।

लालझाडी गाउँपालिकाको कञ्जकी किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन्। 'लगातारको चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो,' उनले भनिन्, 'बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ। केही धान बालासहित कुहिएको छ।' दुई बिघा खेतमा लगाइएको धान वर्षभरि खानका लागि राखेर रानाले बेच्नसमेत भ्याइनन्। बेचेको धानबाट परिवारको खर्च धानिँदै आएको थियो।

'समयमै वर्षा हुँदा धान समयमै रोप्न पाएका थियौँ। खेतमा धानका बाला विगतको तुलनामा निकै राम्रो थियो,' उनले भनिन्, 'बाली भित्र्याउने बेलामा परेको पानीले सबै सखाप पार्‍यो। बेच्दै आएको धान अब खरिद गरेर खानुपर्ने अवस्था आइलागेको छ।'

उनको जस्तै लालझाडी गाउँपालिकाका अधिकांश किसानको खेतमा काटेको धान दोदा नदीले बगाएको छ। खेतमा बचेको धान कुहिए पछि कामै नलाग्ने भएको छ।

शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान भोला चौधरीले पानी पर्नुअगावै खेतबाट धानका मुठा बाँधेर थ्रेसिङ गर्नका लागि थ्रेसरको खोजी गर्दै थिए। थ्रेसर खोज्न नपाउँदै पानी पर्‍यो। एक बिघा अधिया लगाएको पूरै धान खेतमै भिज्यो। 'खेतबाट धान उठाउनै पाएनौँ,' उनले भने, 'पानीले सबै धान भिज्यो। पानी पर्दै गरेका बेला खेतकै आलीमा लगेर धान राखे पनि बालामै धान उम्रिएको छ।

Ncell 2
Ncell 2

धान लगाउनका लागि गरेको मिहेनत खेर गयो। जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्चसमेत नउठ्ने भयो। परिवार पाल्नैका लागि मजदुरीमा जानुपर्ने अवस्था आइलाग्यो।' कोरोनाको महामारी रहेकै बेला मजदुरी पनि पाउन मुस्किल भएको उनको भनाइ थियो। धान रोप्नका लागि महँगोमा मलखाद र बीउ खरिद गर्नुपर्ने, जोताइ, सिँचाइ र खेताला लगाउँदासमेत सहकारी र समूहबाट कर्जा लिनुपर्ने अवस्थामा वर्षाले पूरै बालीमा नोक्सानी पुर्‍याएपछि किसान विचल्लीमा परेको नेपाल किसान संघका केन्द्रीय सदस्य शेरबहादुर साउदले बताए।

'वर्षाका कारण धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'किसान अन्नदाता हो। सबैको पेट पाल्दछ। किसान अप्ठ्यारोमा परेका बेला सरकारले हेर्नुपर्छ। किसानले अन्न उत्पादन नगरे भोकभोकै बस्ने बेला आउनसक्छ। त्यसैले किसानको मार्कालाई बुझेर सरकारले मालपोत, सिँचाइका लागि विद्युत् महशुल मिनाहासँगै अनुदानमा बीउविजन उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ।' वर्षाको पानीले खेतको धान नोक्सान भएकै बेला जङ्‍गली हात्तीलेसमेत बाँकी रहेको धानमा क्षति गर्न थालेकाले किसानलाई त्यसको समेत क्षतिपूर्ति दिइनुपर्ने उनको जिकिर थियो।

मौसमविद्ले पहिल्यै भारी वर्षा हुने कुरा बताए  पनि त्यो कुरा किसानसम्म पुग्न नसक्दा धानबाली र तरकारीबालीमा ठूलो क्षति बेहोर्नुपरेको उनको भनाइ थियो। स्थानीय तहले समेत वर्षाको डुबान र बाढीबाट पीडित किसानको तथ्याङ्‍क सङ्‍कलन गर्न थालेका छन्। धान, तरकारी बाली र उखुबालीको क्षतिको विवरण सङ्‍कलन वडा कार्यालयबाटै गर्न थालिएको छ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सात दिनभित्र वर्षाका कारण क्षति बेहोरेका किसानको विवरण सङ्‍कलन गरी पठाउनका लागि वडा कार्यालयलाई निर्देशन दिइएको बताए। वडाले सङ्‍कलन गरेको विवरण नगर विपद् समितिमार्फत् कार्यपालिकामा लगेर क्षतिपूर्तिका लागि प्रदेश र सङ्‍घीय सरकारलाई अनुरोध गरिने उनले जानकारी दिए। 'नगरको बजेटले सबै किसानलाई क्षतिपूर्ति दिन भ्याउँदैन,' उनले भने, 'प्रदेश र संघीय सरकारलाई अनुरोध गर्छौं।'

बेलौरी, पुनर्वास, कृष्णपुर नगरपालिकासँगै लालझाडी र बेलडाँडी गाँउपालिकाले समेत वर्षाले धानबालीमा क्षति गरेको विवरण सङ्‍कलन अगाडि बढाएको छ। कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले स्थानीय तहका कृषि शाखामार्फत् धानलगायत अन्य बालीको क्षतिको विवरण सङ्‍कलन भइरहेको जानकारी दिए। 'जिल्लाका नौवटै स्थानीय तहका कृषि शाखामार्फत् क्षतिको विवरण सङ्‍कलन भइरहेको छ,' अधिकृत मल्लले भने, 'एक/दुई दिनभित्रै क्षतिको विवरण उपलब्ध गराउन सकिन्छ।'

उनका अनुसार जिल्लाका २५ प्रतिशत किसानले मात्रै धानबाली भित्र्याउन पाएका छन् भने ७५ प्रतिशत किसानको धानबालीमा वर्षाले क्षति गरेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
चुनाव सारे देश दुर्घटनामा जाने प्रचण्डको चेतावनी, आफूहरुको शक्तिलाई खेलाँची नठान्न चुनौती शनिबार, पुस ५, २०८२
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्