काठमाडौं- नेकपा एमालेले देशभरका वडा तहको अधिवेशन एकसाथ सुरू गरेको छ।
दशौं राष्ट्रिय महाधिवेशनमा जुटेको एमालेले शनिबार देशभरका ६ हजार भन्दा बढी वडाको अधिवेशन सुरू गरेको हो। थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरे।
त्यसक्रममा ओलीले आज देशभर रहेका ६ हजार ७४३ वडाको अधिवेशन हुन लागेको जानकारी दिए।
देशभरका वडा तहका प्रतिनिधिहरु उद्घाटन सत्रमा भर्चुअल माध्यमबाटै जोडिएका छन्। बाढीपहिरोले प्रभावित भएका जिल्लामा भने केही समयपछि वडा अधिवेशन हुनेछ।
एमालेले एकैदिन कात्तिक ९ पालिकास्तरको अधिवेशन पनि गर्दैछ। आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागिएको छ। एमालेले महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको छ।
देशैभरका वडा र पालिका तहका अधिवेशन सकेसम्म सर्वसम्मत रुपमा गर्न एमालेले सकुर्लर समेत जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।