काठमाडौं– हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली नरहे पनि देशका केही भागमा वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही भूभागमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा समेत हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।