काठमाडौं- नेकपा (एमाले)ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान प्रयोग गर्ने भएको छ। पार्टीको आज बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
बैठकले प्रभु साहनिकट दुई जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।
यस्तै गत चैत मसान्तसम्म पार्टी सदस्य बनेकाले महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको छ।
पार्टीको कात्तिक ११ मा स्थायी र १२ मा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।