काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठकले १० बुँदे सहमति आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले १० बुँदे सहमति आमरुपमा सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको हो।
तर, केही स्थानमा कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय बैठकले गरेको छ।
एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नुअघि पार्टी एकता कायम राख्न भन्दै १० बुँदे सहमति गरिएको थियो। तर, नेता नेपालले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।
यस्तै, बैठकले कार्यविभाजन हुन बाँकी नेताहरुको कार्यविभाजन आगामी बैठकबाट गर्ने निर्णय गरेको छ।
यता, पार्टी एकताको पक्षमा उभिनुभएका पूर्व प्रदेशसभा सदस्यहरु कुन्दन कुशवाह (रौतहट) रमोहमद समिर (बारा)लाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ।
यी हुन् एमाले स्थायी कमिटीका ८ निर्णय



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।