काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशका जिल्ला पुगेर फर्केको एक दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
बाढीपीडित क्षेत्रको अवलोकन गर्न पौडेल सुदुरपश्चिम जान लागेका हुन्। सुदूपश्चिमका कैलाली र कञ्चनपुर पुग्ने प्रारम्भिक तालिका बनेको छ। अन्य जिल्लाको भ्रमण कैलाली पुगेर टुङ्गो लगाइने बताइएको छ।
शुक्रबार बिहान पौडेल धनगढी पुग्ने भएका छन्। पौडेलले पीडित नागरिकसँग भेट्ने तथा प्रभावित स्थानको अवलोकन गर्ने भएका छन्। साथै, पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेट्ने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।