काठमाडौं- पत्रकार मदन चौधरी 'दीलिप चौधरी स्मृति पत्रकारिता पुरस्कार'बाट सम्मानित भएका छन्। दीलिप स्मृति प्रतिष्ठानले पत्रकार चौधरीलाई ११ हजार रुपैयाँको पुरस्कारबाट सम्मान गरेको हो।
सप्तरीको सप्तकोशी नगरपालिकाको गङ्गाजलीमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र सम्माणपत्र प्रदान गरेका थिए। चौधरी विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रहेका छन्।
कार्यक्रममा सप्तरीका पत्रकारद्वय नवीन गुप्ता र वृजमान तामाङलाई पनि सोही पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।