काठमाडौं- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विगतका सहमति कार्यान्वयन गर्न १५ दिने अल्टिमेटम दिएको छ।
शुक्रबार आकस्मिक रुपमा बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीश जबरालाई यस्तो अल्टिमेटम दिएको हो। बैठकले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल समेत गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अदालतको पछिल्लो अवस्था बारेमा छलफल गर्न बारले बैठक बोलाइएको थियो।
बारका पूर्वअध्यक्ष एवं सल्लाहकारहरुले सर्वोच्च अदालत कठिन मोडमा पुगेकाले बारले तत्काल पहल लिनुपर्ने बताएका थिए। उनीहरूको सुझाव र आलोचनापछि बारले आकस्मिक बैठक बोलाएको हो।
न्यायालय गम्भीर मोडमा पुगेको निष्कर्षसहित बारले छलफल थालेको बारमा एक पदाधिकारीले बताए। बैठकले तीनवटा निर्णय गरेको ती पदाधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।