काठमाडौं- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको पदाधिकारी बैठक सरू भएको छ। नेपाल बार एशोसिएनको हलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अदालतको पछिल्लो अवस्था बारेमा छलफल गर्न बैठक बोलाइएको हो।
बारले विकृतिविहीन न्यायालयको प्रतिवेदन कार्यान्वयनदेखि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा कोटा माग गरेको विषय अजेन्डा रहेको छ। बारका पूर्वअध्यक्ष एवं सल्लाहकारहरुले सर्वोच्च अदालत कठिन मोडमा पुगेकाले बारले तत्काल पहल लिनुपर्ने बताएका थिए। उनीहरूको सुझाव र आलोचनापछि बारले आकस्मिक बैठक बोलाएको हो।
न्यायालय गम्भीर मोडमा पुगेको निष्कर्षसहित बारले छलफल थालेको बारमा एक पदाधिकारीले बताए। उनले आजको बैठकले अब राणाले निकास दिनुपर्ने विषयमा ठोस निर्णय गरेर अघि बढ्ने छलफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।