काठमाडौं- कान्ती राणा सिंहको 'चौरासी व्यञ्जन' पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले पुस्तक सार्वजनिक गरेकी थिइन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता लोकभक्त राणा, लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणालगायत सहभागी थिए।
पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ।
चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता राणाले भने, ‘यो पुस्तकमा शाकाहारी, मांसाहारी, ब्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खाना लगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख गरिएको हुँदा पुस्तक सबैका लागि उपयोगी छ।’
यस्तै यो एउटा किताब किताब मात्र नभइ समग्र सल्याणी र राणाको संस्कृति नै रहेको देउवाले बताइन्।
लेखक सिंहले उक्त पुस्तक लकडाउनको समयमा रचना गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।