काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान एमसीसी संसद्बाट पारित हुने बताएका छन्।
वर्षात्ले प्रभावित सुदूरपश्चिमका जिल्लाको भ्रमण सकेर कैलालीमा पत्रकार सम्मेलन गरेका देउवाले एमसीसी ऋण नभई अनुदान भएको दोहोर्याए।
‘एमसीसी संसदबाट पारित हुन्छ। एससीसीको बारेमा झुठो कुरा फैलिएको छ। यसमा नेपालको कानुन लागू हुन्छ भन्या छ’, पत्रकारको जिज्ञासामा देउवाले भने, ‘नेपालको कानुन एमसीसी भन्दा मााथि हुन्छ भनेर उनीहरुले भनिसके। नेपालको कानुन भन्दा तल हो भनेर उनीहरुले स्पष्टीकरण दिइसके।’
विश्व बैंक र एडीबीमा अन्तर्राष्ट्रिय कानुन लागू हुने बताउँदै देउवाले एमसीसीमा नेपालकै कानुन आकर्षित हुने बताए।
नेपाल प्रेस युनियनले कैलालीमा गरेको पत्रकार सम्मेलन बोल्ने क्रममा देउवाले सुदूरपश्चिममा बेमौसमी वर्षाले सबैभन्दा बढी असर गरेको बताए।
उनले भने, ‘धेरै ठाउँमा नोक्सान गरेको छ। काटेको धानमा क्षति पुर्याएको छ। छिट्टै तत्कालीन राहतको कार्यक्रम ल्याउनेछौं।’
तत्कालीन र दीर्घकालीन कार्यक्रममार्फत् पीडित नागरिकको सम्बोधन गरिने प्रधानमन्त्री देउवाले आश्वासन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।