काठमाडौं– प्रदेश १को प्रदेश सभाको बैठक आज (शुक्रबार)बस्ने भएको छ। यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेको एक सांसदले बताए। भदौ १ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन्।
कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।
सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिइसकेको गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।