काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्।
बिहीबार अपरान्ह करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्।
रिसोर्टमा पुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर (र्याफ्टिङ)समेत गरेका छन्।
प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा ‘सुवोध’ तथा वाइसीएल पूर्वअध्यक्ष दीपशिखासमेत साथै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।