काठमाडौं- नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ।
आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए।
यसअघि विधान महाधिवेशनको बेला अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक भोलि पुन: बस्ने गरी सकिएको छ।
आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको कुरासमेत उठेको उनले बताए।
नेता भुसालका अनुसार आजको बैठकले रामबहादुर थापाको सयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ।
समितिका सदस्यहरुमध्ये १३ जनाको नाम आज टुङ्गो लगाइएको र बाँकी आठ जनाको नाम भोलिको बैठकले टुङ्ग्याउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।