काठमाडौं- बागमती प्रदेश सभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा टेबल गरिएको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएको छ। असोज २४ गते टेबल भएको सो प्रस्तावमा बिहीबार छलफल गरिएको थियो।
अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित गरिएको छ। बैठक स्थगित गर्नुअघि सभामुख सानुकुमार श्रेष्ठले भने- विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धको बाँकी सम्पूर्ण प्रक्रिया प्रदेश सभाको अर्को बैठकमा हुने व्यहोरा जानकारी गराउँदछु।
आजको छलफलमा गठबन्धनका नेताहरुले मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाक्यलाई आग्रह गरेका थिए। साथै, प्रक्रियालाई लामो समय नलम्ब्याउन सभामुखलाई आग्रह गरेका थिए।
प्रदेश सभामा शाक्य अल्पमतमा छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।