काठमाडौं- नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिन सुझाव दिएका छन्।
असोज २४ गते प्रदेश सभामा टेबल भएको विश्वासको मत लिने प्रस्तावमाथि बिहीबार भएकोको छलफलमा बोल्दै उनले त्यस्तो सुझाव दिएका हुन्।
उनले आफूले व्यक्तिगत रुपमा शाक्यलाई असाध्यै सम्मान गर्ने बताए। 'तपाईंको लामो समय पनि भएको छैन। ६४ दिन भएको छ। तपाईं निर्विवाद र निष्कलंकित मान्छे पनि हो। तपाईंलाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर हामी हिजो धेरै लड्यौं पनि। तपाईं हामी सँगै लडेको हो', उनले भने, 'सवाल कहाँ हो भने आफ्नो राजनीतिक नैतिकता र इमानदारिता भन्ने कुरा बचाउनुपर्छ। तपाईंलाई म अनुरोध गर्न चाहन्छु। गठबन्धनले निर्णय गरेर आइसकेको छ। तपाईंले मार्गप्रशस्त गरिदिनुस्। राजीनामा दिनुस्।'
उनले नयाँ सरकार गठबन्धनको तर्फबाट बन्ने प्रष्ट पारे। शाक्यपछि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।