काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले बैठक चलिरहेको छ। एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालयसचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको पालिका अधिवेशनलगायतका विषयमा छलफल हुने अजेण्डा रहेको छ।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने अजेण्डा तय भएको तामाङले बताए।
त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने उनले बताए।
विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।