काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बैतडी पुगेका छन्। उनले बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा बाढी र पहिरोले पारेको क्षतिको अवस्थाबारे जानकारी लिएका छन्।
त्यसअघि उनले बझाङको चैनपुरमा बाढी र पहिरोको क्षतिका बारेमा जानकारी लिएका थिए। उनी सुर्खेत हुँदै सुदूरपश्चिम पुगेका हुन्।
प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायरसमेत सहभागी छन्।
क्षतिको विवरण बुझेर प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।