काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश पुगेका छन्।
उनले बझाङको चैनपुरमा बाढी र पहिरोको क्षतिका बारेमा जानकारी लिएका छन्। देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।
टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायरसमेत सहभागी छन्।
क्षतिको विवरण बुझेर प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ। देउवा प्रधानमन्त्री भएको ३ महिनापछि पहिलोपटक सुदूरपश्चिम पुगेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।