काठमाडौं- नेकपा माओवादी केन्द्रले ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ। माओवादीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो।
बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईलाई अध्यक्ष बनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको बताए।
उनले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिए। त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ।
प्रवक्ता महराका अनुसार स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्।
प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा सदस्यताको काम पूरा हुने बताए। उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए।
यी हुन् विभाग प्रमुखहरू :
१. अर्थ तथा योजना विभाग– वर्षमान पुन
२. संगठन विभाग– जनार्दन शर्मा
३. विदेश मामिला विभाग– नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग– कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग– सूर्य सुवेदी
६. उद्योग मामिला विभाग– वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग–हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग–मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग–डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग–विना मगर
११. जलस्रोत तथा ऊर्जा–लिलामणी पोखरेल
१२. निर्वाचन विभाग–खिमलाल देवकोटा
१३. कानून विभाग–मुक्ति प्रधान
१४. पर्यटन विभाग–झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग–पर्शुराम तामाङ
१६. पार्टी स्कूल विभाग–गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथ अभिलेख–नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग–हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग–गणेशमान पुन
२०. राजकीय मामिला विभाग–रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग–कृष्णबहादुर महरा
२२. वन तथा वातावरण–शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग–गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग–मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग–रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग–देव गुरुङ
२७. समाज कल्याण विभाग–सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग–धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग–देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग–टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग–गोपाल ठाकुर
३२. स्थानीय तह विभाग–उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग–कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान–रामचन्द्र झा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।