फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ दशैं सकिएपछि पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो।
बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने अजेन्डा तय भएको तामाङले बताए।
त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने तामाङले बताए।
विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।