काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाढीपहिरोबाट बेपत्ता भएकाहरुको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी ढंगले तत्कालै अगाडि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ।
खनालले बुधबार एक विज्ञप्तिमार्फत् दर्जनौँ जिल्लामा ७७ जनाको मृत्यु, २५ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःखव्यक्त गरेका छन्।
उनले यो विपतको घडीमा उद्धार र खोजी कार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनताहरू, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु, सामाजिक अभियन्ताहरू, सुरक्षा निकायहरु एवं पत्रकारहरुलगायत सबैमा अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।