काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ।
पार्टीले आज विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
साथै, घाइतेहरुको नि:शुल्क उपचार, बेपत्ता नागरिकहरुको तीव्रताका साथ खोजी र जोखिमको आतंकमा बसेका बस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।