• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारका १०० दिन : देउवाको ‘बदनाम बोहनी’

64x64
दुर्गा दुलाल बुधबार, कात्तिक ३, २०७८  २०:३३
1140x725

काठमाडौँ- तत्कालीन नेकपामा आएको विवाद र बिग्रहको परिणामस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको असार २९ मा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भए। नेकपाभित्रको विवाद र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटन नै देउवा प्रधानमन्त्री हुने कारण थिए।

सर्वोच्च अदालतले गएको फागुन २३ मा नेकपालाई मान्यता नदिएर पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो। त्यसपछि ओली नेतृत्वको सरकार धर्मरायो। तर, गएको जेठ ७ मा उनले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे।

सर्वोच्च अदालतले असार २९ मा प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। देउवाले बुधबार प्रधानमन्त्री नियुक्तिपछिको १०० दिन अर्थात् ‘हनिमुन’ अवधि पार गरेका छन्। तर, यसलाई संवैधानिक कानुनका जानकार र पूर्वन्यायाधीशहरुले ‘बदनाम बोहनी’ भनेर टिप्पणी गरेका छन्।

सुरुमा नै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि देउवा विवादमा परे। त्यसपछि राजनीतिक दल सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको ‘कोटा’मा एक मन्त्रीको नियुक्ति झनै बदनाम भए। यहीँबाट देउवा सरकारले गलत कार्यको सुरुवात गरेको उनीहरुको बुझाइ छ। 

प्रमुख प्रतिपक्ष दल फुटाउन अध्यादेश
ओली सरकारले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश जारी गर्ने गरेको थियो। दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर अध्यादेशको भरमा देश चलाउन थालेपछि तत्कालीन प्रधानमन्त्री ओली सुशासन समाप्त पार्नतिर लागेको आरोप लागेको थियो। यस्तो आरोप लगाउनेमा स्वयम् कांग्रेसकै नेता पनि थिए।

तर, प्रधानमन्त्री देउवाले सर्वोच्चको परमादेशबाट पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन एकाएक अन्त्य गर्दै राजनीतिक दल सम्वन्धी अध्यादेश जारी गरे। उनले साउन ३२ मा संघीय संसदको अधिवेशन अन्त्य गरेर भोलिपल्ट भदौ १ मा नै उक्त अध्यादेश ल्याउन सिफारिस गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ मा अध्यादेश जारी गरिन्। अध्यादेशले दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समितिका सदस्य र सांसद आवश्यक हुने व्यवस्थालाई खारेज गरेर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गर्‍यो। यहीकारण एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बन्यो। त्यसैगरी, अर्को दल जनता समाजवादी पार्टी पनि विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो।

दुई पार्टी फुटेपछि मन्त्रिपरिषद्ले असोज १२ मा उक्त अध्यादेश खारेज गर्न सिफारिस गर्‍यो। राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरिन्। यसरी संसदको अधिवेशन अन्त्य गरेर ल्याएको अध्यादेश कानुन बनाउने थलोमा नपुगी समाप्त पारियो। अध्यादेश एमाले फुटाएर नयाँ दल बनाउन माधव नेपाल समूहको सहजताका लागि मात्र ल्याइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सरकारको यो कामले संविधान र कानुनलाई क्षति गरेको पूर्वन्यायाधीश बलराम केसी बताउँछन्। अति आवश्यक भएको समयमा मात्र काम नरोक्न अध्यादेश जारी गर्ने कानुनी व्यवस्थालाई सरकारले गलत मनसायले प्रयोग गरेको उनको भनाइ छ। ‘यसरी हुने कानुनको गलत प्रयोगले संविधान असफल बनाउँछ,’ उनी भन्छन्।

प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री 
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद्मा दुई जनाको कोटा मागेको समाचार असोज १७ मा सार्वजनिक भयो। राणाको कोटामा मन्त्रिपरिषद्मा जाने दुई जना दीपक तिमल्सिना र गजेन्द्र हमालको नाम चर्चामा आयो।

त्यसलगत्तै सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश राणालाई भेट्न पुगे। राणाले उक्त समाचार गलत भएकाले खण्डन हुने वचन दिए। असोज १८ मा सर्वोच्चको नामबाट समाचार खण्डन गरिएको विज्ञप्ति जारी भयो।

सर्वोच्च बारले असोज २० मा दशैँको शुभकामनासहितको चियापान कार्यक्रम राखेको थियो। अदालतलाई विवादमा पारेको भन्दै केही वरिष्ठ अधिवक्ताहरुले उक्त कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएपछि प्रधानन्यायाधीश राणा चियापानमै गएनन्। 

देउवाले असोज २२ मा मन्त्रिपरिषद्लाई पूर्णता दिँदा राणाको ‘कोटा’का भनिएका दुई जनामध्ये हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भए। त्यसपछि सरकारको चौतर्फी आलोचना भयो। हमालले मन्त्रीको सपथ लिएको दुई दिनपछि असोज २४ मा राजीनामा दिए।

राजीनामासँगै आलोचनाको पाटो समाप्त भए पनि उनको नियुक्तिले दिएको सन्देशबारे लामो समयसम्म चर्चा हुने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा बताउँछन्। ‘नियुक्त हुनुभएको व्यक्तिले नैतिकता देखाउनु भयो, राम्रो भयो। तर, नियुक्त गर्ने पदाधिकारी जनताप्रति जिम्मेवार हुनु पर्दैन?’, उनले भने, ‘कुन कारणले गैरसांसदलाई मन्त्री नियुक्त गर्नै पर्ने अवस्था आयो, जानकारी दिनु पर्दैन? पारदर्शी बन्नुपर्दैन?’

पूर्वन्यायाधीश केसी पनि प्रधानमन्त्री देउवाले हमाललाई मन्त्री नियुक्त गरेर न्यायालयलाई विवादमा पारेको बताउँछन्।

गलत बोहनी   
पूर्वप्रधानन्यायाधीश शर्माले सरकारमा जोसुकै आए पनि उस्तै ‘अनुहार’ देखिएको बताए। ‘अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र अदालतमाथि प्रहार गर्नु भएको थियो, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसैलाई निरन्तरता दिनुभयो,’ शर्माले भने।

पूर्वन्यायाधीश केसीले पनि १०० दिनमा सरकारले गतिलो सुरुवात नगरेको बताए। मिलिजुली सरकार भएकाले सबैलाई मिलाउन समस्या हुँदा कामले गति लिन नसकेको हुनसक्ने उनको भनाइ छ। 

तर, सामाजिक मुद्दाको सम्बोधनमा पनि सरकार चुकेको उनको भनाइ छ। ‘महिलाहरु न्याय माग्न नेपालगञ्जदेखि काठमाडौसम्म आउनु पर्‍यो, त्यसमाथि उनीहरुमाथि दमन भयो,’ उनले भने, ‘यही अवधिमा न्यायालयलाई बदनाम गराइयो, अघिल्लो सरकार झैँ अध्यादेशबाट मनलाग्दी काम गरियो। गलत परिपाटी थालिएको छ।’

वरिष्ठ अधिवक्ता एवं संविधानविद् विपिन अधिकारीले मिलिजुली सरकारलाई समन्वय र नियन्त्रण गरेर काम गर्न प्रधानमन्त्री देउवा चुकेको बताए। सुशासनमा केही नौलोपन नदेखिएको भन्दै उनले सरकारको उपस्थितिको फरक अनुभव नभएको बताए। ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि देखिएको खतरनाक सुरुवात भनेको अदालत बदनाम हुनु हो,’ अधिकारीले भने, ‘न्यायालयको प्रमुखले मन्त्रिपरिषद्मा भाग मागेको कुरा सार्वजनिक हुनु अनि पत्रपत्रिकाले लेखेकै नामको व्यक्तिले सपथ लिनुले सरकारका कारण इतिहासमै न्यायालय सबैभन्दा बदनाम भएको छ।’ 

यसरी बदनाम हुनुको कारण प्रधानन्यायाधीश राणा  वा प्रधानमन्त्री देउवा हुन् भन्ने जवाफ जनताले स्पष्टरुपमा नपाएको उनको भनाइ छ। यो विषयको छानविन हुनुपर्ने अधिकारीले माग गरे।

अधिवक्ता टिकाराम भट्टराईले पनि सरकारले केही काम नै नगरेकाले ‘मूल्यांकन’ गर्न नसकिने बताए। राजनीतिक दल सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीशको ‘कोटा’मा मन्त्री नियुक्तिबारे सरकारले चित्तवुझ्दो जवाफ दिन नसकेको उनले बताए। 

नेपाल बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले मन्त्री नियुक्ति र अध्यादेश कार्यले सय दिनमा सरकारलाई बदनाम मात्र गराएको बताए। देउवाको नेतृत्वमा सरकार बनेपछि कोरोना भाइरसको खोप व्यवस्थापन गरेर राम्रो काम गरे पनि सुशासन र कानुनी दृष्टिले भने आशा गर्ने अवस्था नरहेको उनको टिप्पणी छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्