काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिनेगरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बुधबार पौडेलले सामाजिक सञ्जालमार्फत् आमनागरिकलाई सरकार छ भन्ने आभास दिनेगरी काम गर्न आग्रह गरेका हुन्।
‘अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। ठूलो मानवीय र भौतिक क्षति भएको छ। कैयौ विस्थापित भएका छन्,’ उनले लेखेका छन्,‘ विपतमा परेका नागरिकले सरकार छ भन्ने आभास दिनेगरी काम अगाडि बढाउन मैले सरकारका प्रधानमन्त्रीसँग आग्रह गरेको छु।’
उनले सिंगै अन्नभण्डारका रुपमा रहेको तराइका किसानको धानबाली नष्ट भएको भन्दै किसानहरुलाई समेत राहत दिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।