काठमाडौं- नेकपा (एमाले)ले बागमती प्रदेशको प्रदेश सभा बैठक सार्न प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ।
बिहीबारका लागि बोलाइएको प्रदेश सभा बैठक सार्नका लागि नेकपा (एमाले) बागमती प्रदेश सभा संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पत्राचार गरेका हुन्।
एमालेको संसदीय दल बागमती प्रदेशले प्रदेश सभाका सचिवलाई ६ कात्तिकमा हुने पार्टीको वडा र ९ कात्तिककमा हुने स्थानीय तहको अधिवेशनमा खटिनुपर्ने कारण देखाउँदै प्रदेश सभा बैठक सार्न आग्रह गर्दै पत्र लेखेको हो।
एमालेका प्रदेशसभा सदस्यहरू बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ।
एमालेले बिहीबारका लागि बोलाइएको बैठक कात्तिक ११ गतेका लागि सारिदिन अनुरोध गरेको हो।
भोलिको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।