काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना स्थल सर्न पनि सक्ने बताएका छन्।
‘अन्यत्रबाट माग नआएका बेला मैले लुम्बिनी प्रदेशले बुटवलमा गर्ने भनेको भनी जानकारी गराएको थिए,’ बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘भोलिको स्थायी कमिटी बैठकले कहाँ गर्ने भन्ने औपचारिक टुंगो लगाउँछ।’
उनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा पूर्व निर्धारित समय भन्दा तलमाथि नहुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।