काठमाडौं- रक्षामन्त्री मीनेन्द्र रिजालले आज नेपाली सेनाको मुख्यालय जंगीअड्डाको निरीक्षण भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए। प्रधानसेनापति शर्माले रक्षामन्त्री रिजालको नेतृत्वमा नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे।
रक्षामन्त्री रिजालले देशभित्र विपद् व्यवस्थापन र कोभिड-१९ महामारीविरुद्ध प्रतीकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाप्रति नेपाली सेनाको प्रशंसा गरे। उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने बताए।
उनले नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यक्रमहरु कार्यान्वयनका लागि स्रोत सुनिश्चतता गर्ने प्रतिबद्धतासमेत जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।