फाइल तस्बिर
काठमाडौं– संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत नेपाली सेनाको एक टोली प्रजातान्त्रिक गणतन्त्र कंगो पुगेको छ।
कंगोमा रहेको नेपाली सेनाको ‘क्विक रियाक्सन फोर्स कम्पनी’मा सहभागी हुन सो टोली कंगो पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा बिहीबार राति काठमाडौंबाट उडेको ३५ जना नेपाली सैनिकको टोली कंगो पुगेको सेनाले जनाएको छ।
सो टोलीले कंगोमा रहेको नेपाली सेनाको पहिलो डप्फाको टोलीलाई प्रतिस्थापन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।