• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खोप नहुँदा बालबालिका कोरोनाको जाखिममा, दशैँको भिडभाडले आउनसक्छ तेस्रो लहर!

कमला गुरुङ बिहीबार, असोज २८, २०७८  ०९:११
1140x725

काठमाडौं- कोरोना महामारीको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी प्रभावित भए। पहिलो लहरमा संक्रमणको फैलावट तुलनात्मक रुपमा बालबालिकामा कम थियो। दोस्रो लहरमा अलि बढी देखियो।

६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा यिनै समूह बढी संक्रमित भए। बालबालिका र युवा समूह उनीहरूको तुलनामा कम जोखिममा थिए।

तर, यही समूह कोरोनाको तेस्रो लहरमा बढी जोखिममा पर्ने चर्चा चलिरहेको छ। अर्थात्, विज्ञहरूले बालबालिकाहरू कोरोनाको तेस्रो लहरमा बढी जोखिममा पर्ने विश्लेषण गरिरहेका छन्।

यसको एउटै कारण देखिन्छ- ‘बालबालिकाहरू कोभिड–१९ विरुद्ध खोपको पहुँचमा नहुनु।’ बालबालिकाहरू अन्य उमेर समूह जस्तो जनस्वास्थ्यको मापदण्ड आफैं पूर्णरुपमा पालना गर्ने वर्गमा नपर्ने हुँदा पनि जोखिममा रहने अनुमान गरिएको छ। त्यसैले विज्ञहरूले सचेत रहन सुझाब दिँदै आइरहेका छन्। सबै उमेर समूहले कोरोनाको खोप लगाइरहँदा बालबालिका अझै पनि लक्षित समूहबाहिर छन्।उनीहरूका लागि खोप अध्ययनकै क्रममा छ।

एकातर्फ खोपको पहुँचमा नहुनु, अर्कोतर्फ जनस्वास्थ्यको मापदण्ड समेत आफैं पूर्ण रुपमा पालना गर्न नसक्ने बालबालिकाहरूमा दशैं तथा तिहारजस्ता चाडपर्वमा कोभिड संक्रमण हुनसक्ने जोखिम झनै बढी देखिएको विज्ञहरूले बताएका छन्। ‘चाडपर्वको समयमा बालबालिकाहरू घरबाट बाहिर हिँडडुल गर्ने तथा अन्य भिडभाडजन्य स्थान जस्तै पिङ खेल्न, चङ्गा उडाउने तथा अन्य खेलकुदजन्य कार्यमा सहभागी हुने सम्भावना बढी रहन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. कृष्ण पौडेलले भने, ‘यस्तो अवस्थामा उनीहरूमा संक्रमण सर्ने खतरा रहन्छ।’ 

नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सरकारले गरेको सेरो प्रिभिलेन्स अध्ययनमा ६८ प्रतिशत व्यक्तिमा कोरोना भाइरसविरुद्धको एन्टीबडीको विकास भएको पाइएको थियो। तर, चार वर्षसम्मका बालबालिकामा ५५ र ४ देखि १५ वर्षका बालबालिकामा ६० प्रतिशत मात्र एन्टीबडी विकास भएको अध्ययनमा देखियो। यो अध्ययनले पनि बालबालिकामा तुलनात्मक रुपमा एन्टीबडी कम विकास भएको देखाएको छ।

असोज ५ गतेसम्म मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्ला भइसक्दा काठमाडौंमा खोप लगाउने नागरिकको संख्या ४१ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तर, १८ वर्ष मुनिका कुनै पनि बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएका छैनन्। त्यसैले पनि स्वाभाविक रुपमा बालबालिकाहरू तेस्रो लहरमा बढी जोखिममा पर्ने भनिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेल बालबालिका खोपको पहुँचमा नभएका कारण नै जोखिममा पर्ने अनुमान गरिएको बताउँछन्। योभन्दा अन्य कुनै वैज्ञानिक आधार नभएको उनले बताए। ‘तत्कालै कुनै भेरियन्टले बालबालिकालाई मात्रै असर गर्छ। अथवा कुनै भेरियन्ट बालबालिकाका लागि घातक छ भनेर आइसकेको छैन। उनीहरूले तत्काल खोप नपाएका कारण नै बढी जोखिममा हुने भनिएको हो,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार पहिलो लहरमा ६५ वर्षभन्दा माथि र दोस्रो लहरमा २० देखि ६० वर्ष समूहका व्यक्ति सबैभन्दा बढी प्रभावित भए। तुलनात्मक रुपले यही समूहमा मृत्युदर पनि बढी भएको पाइएको छ।

नेपालमा (असोज५ गतेसम्मको तथ्यांक अनुसार) ७ लाख ८७ हजार ८२८ कूल संक्रमितमध्ये ९ दशमलव ४ प्रतिशत अर्थात् ७३ हजार २५ जना १९ वर्ष मुनिका बालबालिका छन्।कूल मृत्यु ११ हजार ५९ मध्ये ९९ जना १९ वर्षमुनिका रहेको मन्त्रालयको तथ्यांक छ।बालबालिकाको मृत्युदर तुलनात्मक रुपमा कम छ।

बालबालिकाको पीसीआर परीक्षण निकै कम हुने गरेको डा. पौडेलले बताए। ‘एप्रोपेट’ स्वाब लिन नसक्दा परीक्षण भएकाको पनि पोजेटिभ पत्ता लगाउन निकै गाह्रो हुने गरेको उनले बताए।

परीक्षण भएकाहरूमध्ये हालसम्म (असोज ५ गतेसम्मको तथ्यांक अनुसार) सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेमा १५ देखि १९ वर्ष उमेर समूहका छन्। र, सबैभन्दा कम मृत्यु हुनेमा ५ देखि ९ वर्ष उमेरका समूहका बालबालिका छन्। यो उमेरका ९ जना बालबालिकाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१९ वर्षमुनिका बालबालिकाको संक्रमित र मृत्युदर यहाँ प्रस्तुत गरिएको छः
उमेर        संक्रमित        मृत्यु
०–४        ७३७९            ३५
५–९        ११३२२              ९
१०–१४      १७६८८          ११
१५–१९      ३६६३६           ४४
जम्मा ७३०२५           ९९

चाडपर्वले झनै बढायो जोखिम
नेपालमा हालका दिनमा कोरोना संक्रमणको संख्या केही घटेको छ। तर, जोखिम उत्तिकै छ। चाडपर्वले यो जोखिमलाई झनै बढाएको विज्ञहरु बताउँछन्।

सामाजिक दूरी कायम, मास्क तथा ह्याण्ड स्यानिटाइजरको प्रयोग कोरोनाबाट बच्ने प्रमुख उपायहरू हुन्। तर, यही जनस्वास्थ्यका मापदण्डहरू बालबालिकालाई पालना गराउनु सहज छैन। किनकी, दशैं होस् या तिहार यी चाडपर्वहरूमा बालबालिकाहरू बढी उत्साहित हुन्छन्। आफन्तकहाँ जाने, रमाउने, घुममिल हुने काममा बालबालिकाहरू बढी सक्रिय हुन्छन्।

कतिपय विज्ञहरूले त नेपालमा तेस्रो लहर आउन सक्ने चेतावनी समेत दिइसकेका छन्। तर, तेस्रो लहर आउने/नआउने विषय मानिसको व्यवहारमा भरपर्ने डा. पौडेल बताउँछन्। भित्रिँदै गरेको चाडपर्वले झनै कोरोनाको जोखिम बढाएकोमा भने उनी पनि सहमत छन्। ‘तेस्रो लहर आउने/नआउने भन्ने कुरा मानिसको व्यवहारमा भर पर्छ।जुन हामी उच्च जोखिम देख्छौं। यो बीचमा धेरै चाडपर्वहरू आउँछन्।यसले मानिसको भीडभाड बढी गराउँछ’, उनले भने।

संवेदनशील भएर जनस्वास्थ्यका मापदण्ड लागू गर्न डा. पौडेलको आग्रह छ। जनस्वास्थ्यका मापदण्ड पालना भए/नभएको निगरानी जुन तहबाट हुनुपर्ने हो त्यो नभएको उनले बताए।कोरोनाको नयाँ भेरियन्ट आउने जोखिम सदैव रहने पौडेल बताउँछन्। भारतमा कुनै नयाँ भेरियन्ट भेटिए आवागमनका कारण नेपालमा पनि त्यो भेरियन्ट भित्रने जोखिम हुने उनले बताए।

वैशाखको अन्तिम र जेठको पहिलो सातातिर कोरोना संक्रमण उच्च विन्दुमा पुगेको थियो। त्यसपछि संक्रमणदर विस्तारै घट्दै गएको छ। त्योबेला कोरोना संक्रमित भई शरीरमा बनेको एन्टीबडी ६/८ महिनामा घटेर जाने उनले बताए। त्यो हिसाबले पनि कार्तिक/मंसिरमा कोरोनाको जोखिम बढेर जान सक्ने उनको अनुमान छ।

उनले भने, ‘आवागमन र मानिसको मिक्सिङ पनि बढी हुने र शरीरमा बनेको प्राकृतिक एन्टीबडी पनि घट्दै जाने भएकाले जोखिम बढ्न सक्छ। हामी प्रणालीको हिसाबले तेस्रो लहरको व्यवस्थापनका लागि तयार रहनुपर्छ। यही उमेर समूह प्रभावित हुन्छन् भन्ने प्रमाणित नभएपनि तत्काललाई हेर्दा खोप नपाउने उमेर समूहलाई बढी ध्यान दिनुपर्छ।’

के छ तयारी?
जनस्वास्थ्यका मापदण्डसँगै कोभिड–१९ विरुद्धको खोप कोरोनालाई परास्त गर्न सकिने बलियो अस्त्र हो। सुरुवाती दिनमा बालबालिकालाई कोरोना खोपको लक्षित समूह अन्तर्गत राखिएको थिएन। तर, तेस्रो चरणमा बालबालिका सबैभन्दा बढी प्रभावित हुनसक्ने विश्लेषणपछि उनीहरू पनि खोपको प्राथमिकतामा परेका छन्।

सरकारले १२ देखि १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ।यसका लागि सरकारले ६० लाख फाइजर र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता पनि गरिसकेको छ।नेपालमा १२ देखि १८ वर्ष मुनिका करिब ३५ लाख बालबालिका भएको अनुमान छ।

फाइजर पुस–माघ र मोडेर्ना फागुन–चैतसम्ममा नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ।

तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ। तयारीस्वरुप मन्त्रालयले प्रत्येक अस्पतालका पूर्वाधारमा २० प्रतिशत शय्या छुट्याउन भनिएको पौडेलले बताए।

तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ। तयारीस्वरुप मन्त्रालयले प्रत्येक अस्पतालका पूर्वाधारमा २० प्रतिशत शय्या छुट्याउन भनिएको पौडेलले बताए।

मन्त्रालयको निर्देशन अनुसार हाल विभिन्न अस्पतालहरूले बालबालिकाका लागि शय्या छुट्याउने र पेडियाट्रिक वार्ड बनाउने तयारीमा जुटेका छन्। कतिपय अस्पतालहरूले त कोभिडको उपचारका लागि पेडियाट्रिक वार्ड बनाइसकेका छन्।

देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिले कोभिड–१९ संक्रमित बालबालिकाको उपचारका लागि ३९ शय्या छुट्याएको छ। २५ शय्याको एचडीयू, १० शय्याको लेभल बी र ४ शय्याको लेभल थ्री गरी ३९ शय्याको व्यवस्था गरिएको अस्पतालका निमित्त निर्देशक डा. अजित रायमाझीले बताए।

चितवनस्थित भरतपुर अस्पतालले पनि तेस्रो चरणलाई लक्षित गरी तयारी अघि बढाएको छ। भरतपुर अस्पतालले हाल कोभिड संक्रमितका लागि ११० शय्या छुट्याएको छ। जसमध्ये कोभिड पेडियाट्रिक आइसीयू (पीआइसीयू) सञ्चालनका लागि १० शय्या छट्याइएको स्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलले बताए।हाल पीआइसीयू सञ्चालनका लागि आन्तरिक तयारी भइरहेको उनले बताए।

यस्तै, कोशी अञ्चल अस्पतालले ८ शय्याको र भेरी अस्पतालले ३० शय्याको पीआइसीयूको व्यवस्था गरेको छ।कोभिडका लागि कूल ६२ शय्या छुट्याएको कोशी अस्पतालले बालबालिकाका लागि ८ र कोभिडका लागि २०० शय्या छुट्याएको भेरी अस्पतालले बालबालिकाको लागि १० आइसीयू र २० जेनरल वार्डसहितको पीआइसीयूको व्यवस्था गरेको छ।

सेती प्रादेशिक अस्पतालले पनि कोभिडका लागि पीआइसीयू सञ्चालनका लागि अन्तिम तयारीमा जुटेको छ। ५० शय्याको पीआइसीयू सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाल उपकरण जडान गर्नेदेखि आन्तरिक काम भइरहेको छ।सेती अस्पतालले कोभिड संक्रमितको उपचारका लागि ६१ शय्याको व्यवस्था गरेको छ।

सरकारले विभिन्न दातृ निकायबाट प्राप्त गरेको २६५ वटा भेन्टिलेटर पनि विभिन्न अस्पतालहरूमा वितरण गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार हालसम्म कोशी अस्पताललाई ५, मेची अस्पताललाई २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५, वीरगञ्ज अस्पताललाई २, जनकपुर अस्पताललाई १, भरतपुर अस्पताललाई ५, कान्ति बाल अस्पताललाई १ र त्रिवि शिक्षण अस्पताललाई ५ वटा भेन्टिलेटर वितरण गरिसकिएको छ। बाँकी भेन्टिलेटर वितरणको क्रममा छन्।

योसँगै सरकारले बालबालिकाको कोभिड उपचारका लागि १६६ वटा एचडीयू पनि थप गर्दैछ। बालबालिकाको जनशक्ति तयार गर्नका लागि नेपाल पेडियाट्रिक सोसाइटीले चौंथो चरणको तालिम समेत सञ्चालन गरेको उनले जानकारी दिए।

बालबालिकालाई कोभिड हुन नदिन यसो गरौँ
धेरैजसो बालबालिकालाई वयस्क व्यक्ति वा घरपरिवारबाटै कोरोना सर्ने गर्छ। तेस्रो लहरमा बालबालिका नै जोखिममा पर्ने विषय हालसम्म यकिन नभएको कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुमित अग्रवाल बताउँछन्। यद्यपि,बालबालिकाहरू खोपको दायरामा नआउँदा नै उनीहरूतेस्रो लहरमा जोखिममा पर्ने अनुमान गरिएको उनले बताए।

उनले भने, ‘तेस्रो लहरमा बालबालिका नै जोखिममा पर्ने कुरा कहाँबाट आयो भन्ने प्रश्न हो।यसको एउटै आधार देख्छु, त्यो भनेको बालबालिकाले खोप लगाएका छैनन्।त्यसैले उनीहरू बढी जोखिममा पर्ने भनिएको हो।’

बालबालिकाहरू खोपको दायरामा नआउँदा नै उनीहरू बढी जोखिममा पर्न सक्ने उनले बताए। तर, तेस्रो लहरको जोखिम कुन हदसम्म जान सक्छ? कस्तो खालको असर देखिन्छ? भन्ने अध्ययनको विषय भएको उनको भनाइ छ। हालसम्म कोभिड भएका बालबालिकामा कडा किसिमको रोगको मात्र कम भएको उनले बताए। ‘बालबालिकाहरूलाई कोरोनाको जोखिम कम छ, तर जोखिममा भने छन्। किनभने, उनीहरूले खोप लगाएका छैनन्’,उनले भने।

दशैंलगायत चाडपर्वले यो जोखिम झनै बढाउनले उनले बताए। सामाजिक दूरी कायम, मास्क र ह्याण्ड स्यानिटाइजरको प्रयोग गरे यो जोखिमलाई कम गर्न सकिन्छ।वयस्क व्यक्ति र घर परिवारबाटै बालबालिकालाई कोरोना सर्ने भएकाले उनीहरू बढी सचेत हुनुपर्नेमा डा. अग्रवाल जोड दिन्छन्।

उनका अनुसार १० वर्षमुनिका बालबालिकाबाट बढी उमेरका व्यक्तिलाई कोरोना सर्ने सम्भावना कम हुन्छ। १० देखि १९ वर्षका बालबालिकाबाट भने सर्ने सम्भावना धेरै हुन्छ।अहिले बालबालिकाहरू कोरोनाको कम जोखिममा भएपनि विद्यालय सञ्चालनमा आएपछि जोखिम बढेर जाने उनको बुझाइ छ।

दशैं मनाउँदा पनि धेरै भीडभाड नगर्न उनको सुझाव छ।कसैलाई लक्षण देखिए आइसोलेसनमा बस्न र उपचार गराउन उनको आग्रह छ। ‘बालबालिकालाई कोरोनाबाट जोगाउने उपाय पनि सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने नै हो’,उनले भने, ‘दशैंमा धेरै भीडभाड गर्नु हुँदैन। त्यहाँ झन् कोरोना सर्ने सम्भावना हुन्छ।’

कान्ति बाल अस्पतालमा भर्ना भएका १० देखि १५ प्रतिशत बालबालिकालाई कोभिड हुने गरेको छ।हाल यस अस्पतालमा पनि संक्रमित बालबालिकाको संख्या घट्दै गएको उनले बताए। धेरैजसो बालबालिकालाई 'माइल्ड' लक्षण देखिन्छ। 'पोस्ट कोभिड कम्प्लिकेसन'को समस्या युवा, वृद्धवृद्धाहरूमा मात्र नभई बालबालिकामा पनि देखिएको छ।

कोभिडपछि बालबालिकामा हाल देखिएको जटिल अवस्था हो, एमआइएस–सी अर्थात् मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम। कान्ति बाल अस्पतालमा हालसम्म ६५ जना बालबालिकामा यो समस्या देखिएको छ। जसमध्ये १७ जनाको मृत्यु भएको डा. अग्रवालले बताए।

मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमले कोभिडविरुद्ध बन्ने एन्टीबडीले शरीरमा निम्त्याउने जटिलतालाई बुझाउँछ। यसले मुटु, मिर्गौला, रक्त प्रणाली, पेट लगायत शरीरका विभिन्न प्रणालीमा असर गर्ने उनले बताए।पोस्ट कोभिडको समस्या लिएर आउने बालबालिकाको हिस्ट्री नियाल्दा प्रायःजसो २ देखि ६ हप्ताअघि कोभिड भएको वा कोभिडको सम्पर्कमा आएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्