• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विजया दशमीको टीका ऋषि परम्परा हो, पछि अनेक कथा जोडिए

प्रा.डा. देवमणि भट्टराई शुक्रबार, असोज २९, २०७८  ०७:०२
1140x725

परम्परागत रुपमा मनाइँदै आएको दशैंले हामीलाई भगवानको जीव तत्व, भगवती तत्व र परमात्मा तत्वको ज्ञान, बुद्धि विवेकजस्ता सबै कुरा आदान गर्छ। त्यसैका लागि हामी विजयादशमीमा मान्यजनको हातबाट टीका लगाउछौँ।

मान्यजनको हातबाट टीका किन लगाउने त? यसको छुट्टै कारण छ, जुन हाम्रो ऋषि परम्परासँग जोडिन्छ। अन्य कथा त बीचमा आएर मिसिएका मात्र हुन्।

हामी नेपालीहरुमा कोही पनि गोत्रविहिन छैनौं। हामी सबैको कुनै न कुनै गोत्र छ। गोत्रअनुसारका परम्परामा ऋषिहरु छन्। हामी तिनै गोत्रअनुसारका ऋषिहरुका सन्तती हौँ। ती ऋषिमार्फत ज्ञान, बुद्धि र विवेक हामीसम्म पनि आइपुगेको छ। त्यो ज्ञान अरु थप पाउन हामी मान्यजनबाट टीका लगाउँछौं। आगामी वर्षलाई प्रेरणा लिन्छौं।

प्रा.डा. देवमणि भट्टराई

देवीको प्रसादबाट हामीमा राम्रो गुणको प्रवाह हुन्छ। आफ्ना मान्यजनबाट टीका लगाउँदा पनि यस्तो गुणको प्रवाह हुन्छ। नकारात्मक प्रभाव हटेर जान्छ, सकारात्मक प्रभाव आदान हुन्छ। सँगसँगै हामीमा भएको नकारात्मक उर्जा पनि हट्छ। उल्लासमय वातावरणदेखि हाम्रो मनबुद्धि लगायत सबै कुरा शुद्ध गर्नका लागि, ऋषि परम्परालाई कायम गरेर हाम्रो वंशको तल्लो पिँढीसम्म सार्नका लागि हामी दुर्गाभवानीको टीका लगाउँछौँ। विजयादशमी मनाउछौँ।

टीका र प्रसादका कारणले हाम्रा ऋषिहरुको उर्जा हामीमा आइरहन्छ। त्यसैले जुनसुकै वर्गको भए पनि उर्जा आदान गर्ने ठाउँ भनेको हाम्रा मातापिता र मान्यजनहरु हुन्। दशैँको माध्यमबाट हामी उनीहरुसँग उर्जाको आदान गर्न सक्छौं। त्योबाहेक उर्जा आदान गर्ने अरु कुनै उपाय छैन। त्यसकारण हामीले हाम्रा मान्यजनप्रति आदर–सत्कार गर्ने, दशैंमा भगवतीको टीका लगाउने गरेका हौँ। यसो गर्दा दशैं उल्लासमय हुन्छ। वर्षभरिका दुःख बिर्सिन्छ। सकारात्मक प्रभाव पाइन्छ।

हाम्रो पात्रको सबैभन्दा सुरुवातमा नै लेखिएको छ– एक अरब ९५ वर्षभन्दा पहिले नै सृष्टिको सुरु भएको हो। त्यो बेलादेखि हामीले देविदेवताको पूजा र उपासना गर्ने क्रम चलेको छ। यसबाट शक्तिको आदान गर्ने भएकाले यो अनादि परम्परा हो। अनादि परम्परा भएकाले दशैं यति नै बेला सुरु भएको भन्न भने सकिँदैन।

बीचमा अन्य कथाहरु पनि दशैंसँग जोडिँदै आएका छन्। ती कुनै भगवान रामसँग त कुनै विभिन्न देवीसँग जोडिएका छन्।

रामले भगवतीको आराधना गरेर, शक्तिको आराधना गरेर, उपासना गरेर, पूजा गरेर आफ्नो विजय प्राप्त गरेको घटना छ। अनादि परम्पराको रुपमा रहेको दशैंलाई सबैले आ–आफ्नो किसिमले उपयोग गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दशैंमा पशुबली दिने चलन पनि छ। जति पनि हाम्रो पूजाआजा हुन्छन्, यज्ञ हुन्छन्, त्यहाँ कुनै न कुनै प्रकारको कमीकमजोरी वा हिंसा भएको हुन्छ भन्ने कुरा छ। हिंसा त हरेक कुरामा छ। हामीले तुलसी टिप्दा पनि, फूल टिप्दा पनि, साग टिप्दा पनि त्यहाँ हिंसा नै भएको छ। पशुमा त्यो हिंसा प्रत्यक्ष रुपमा देखिएको वा अनुभूति भएको मात्रै हो।

पशुबली एउटा शास्त्रीय परम्परा हो। त्यसको अनादर गर्नुहुँदैन। त्यसको विकल्पमा नरिवल, कुभिण्डोलगायत चढाउने पनि गर्न सकिन्छ। दशैंको बेलामा पशुबली भयो, हिंसा भयो भनेर बोल्ने भन्ने कुरा हुँदैन। यो कुनै पनि किसिमको अशास्त्रीय कुरा होइन।

विजयादशमीको दिन जया, विजया र अपराजिताको पुजा गर्छौं। त्यो पूजा विर्सजन गर्ने एउटा साइत हुन्छ। त्यो साइतमा हामी देवीको विसर्जन गर्छौं। यो वर्ष १० बजेर २ मिनेटको शुभ साइतमा गुरु तथा मान्यजनको हातबाट टीका, प्रसाद लगाएर भगवतीको प्रसाद लिएर, हाम्रा पिता पुर्खाका गुणहरु, असल चरित्रहरु आदान गर्दछौं। मान्यजनको समिपमा गएर उहाँहरुको हातबाट टीका लगाउछौँ।

यो परम्परा हाम्रा पछिल्ला पुस्ताहरुमा सार्दै जाने भएकाले आफ्ना गाउँका ठूला मान्यजनको हातबाट टीका लगाउने काम गर्छौं। यिनै कुराहरु विजयादशमीमा विशेष रुपमा सुरुबाट अन्तिमसम्म गरिन्छ।

Xtrem

Xtrem

टीका लगाउने वैदिक मन्त्रहरु धेरै छन्। अहिले चलेको ‘आयु द्रोण सुते...’ भन्ने मन्त्र विशेष गरेर उच्चारण गरिन्छ। त्योबाहेक भगवतीका अन्य मन्त्रहरु पनि उच्चारण गरेर टीका लगाउन सकिन्छ। सँगै मान्यजनहरुले मन्त्रमा नपुगेका, श्लोकमा नपुगेका कुरा आफूले नै भनेर पनि टीका लगाउने चलन छ।

(नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य भट्टराईसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  ०७:०२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्