• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विज्ञानको सहयोग लिने कि राजनीति गर्ने?

64x64
सृष्टि काफ्ले आइतबार, असोज ३१, २०७८  १६:३३
1140x725

पछिल्लो डेढ वर्षयता दुनियाँको चैन खल्बल्याइदिएको कोभिड-१९ महामारी र त्यसको कारक कोरोना भाइरस कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य बनेको छ। किनकि, यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो महामारीबाट सारा दुनियाँ नराम्ररी प्रभावित छ। विश्वव्यापी लगभग २३ करोड मानिस संक्रमित भइसकेका छन् भने मृतकको संख्या करिब ४५ लाख पुगेको छ। यसले संसारभरको आजीविका र अर्थव्यवस्थालाई तहसनहस बनाएको छ।

महामारीको दुई वर्षपछि, संसारभरका मानिसले भाइरसविरुद्ध लड्न र यसको सामना गर्न प्रयास गरिरहँदा उनीहरूले विज्ञानमा अपेक्षा राखेका छन्। उनीहरुको आशा छ कि विज्ञानले मात्र भाइरसको उत्पत्तिबारे ठीक र सही उत्तर ल्याउन सक्छ। बिडम्वना, केही शक्तिशाली भनिएका देशहरु भाइरसको उत्पत्तिको सम्बन्धमा झुटा र गलत सूचनासँग रमाइरहेका छन्। वैज्ञानिकहरुको निष्कर्षको प्रतीक्षा नै नगरिकन, उनीहरुले यो मुद्दालाई राजनीतिकरण गरेका छन्। अझ प्रस्टसँग भन्दा उनीहरुले चीनविरुद्ध एक प्रकारको 'नकारात्मक कथा' रचना गरेर प्रचार गरिरहेका छन्, जहाँ पहिलो पटक कोरोना भाइरस रेकर्ड गरिएको थियो।

मे २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर एजेन्सीहरुलाई भाइरसको उत्पत्ति पत्ता लगाउन ९० दिनको समयसीमा दिएका थिए। त्यसको उद्देश्य स्पष्ट थियो कि अमेरिका चीनको छवि बिगार्न चाहन्थ्यो। सम्भवतः त्यही कारण पनि धेरै विशेषज्ञहरुले यस कुराको दाबी गरे।

विश्व महाशक्ति अमेरिका र उसलाई पन्छाउन अघि बढेको उदीयमान महाशक्ति चीनबीचको टकराव दुनियाँलाई थाहा छ। दुवैबीचको व्यापार युद्ध पछिल्लो पटक देखिएको दृष्टान्त हो। यसअघि अमेरिका जोडिएको शीतयुद्ध संसारलाई जानकारी छ।

भाइरस उत्पत्तिको विषय धेरै राजनीतिकरण भएको छ। अर्थात् यसमा सही अनुसन्धानको अभाव छ। कोभिड-१९ को महामारीलाई ट्रिगर गर्ने भाइरस कसरी मानिसहरुमा पुग्यो भनेर निर्धारण गर्न विज्ञान आवश्यक छ।

शीतयुद्ध फरक प्रसङ्‍ग हुनसक्ला, तर चीन र अमेरिकाबीचको आरोप-प्रत्यारोप धेरै पहिलेदेखि चलिरहेको छ। कोरोना भाइरसको उत्पत्तिबारे राष्ट्रपति बाइडेनको निर्देशन त्यो समयमा आयो, जब संयुक्त राज्य अमेरिकामा डेल्टा भेरियन्टको संस्करणको प्रसार र मृत्यु पनि बढ्दै थियो।

त्यसको ठ्याक्कै तीन महिनापछि, अगस्ट २७ मा अमेरिकी गुप्तचर एजेन्सीहरुद्वारा कोभिड-१९ उत्पत्तिबारे एक रिपोर्ट जारी गरियो। संसारले यस विषयमा नजिकबाट अवलोकन गर्‍यो र गहिरो चासो राख्यो। तर, प्रतिवेदनमा खासै केही थिएन। यो रिपोर्ट जारी गर्ने क्रममा अमेरिकी गुप्तचर निकायभित्र पनि एकरुपता थिएन। दुई फरक एजेन्सीहरुले दुई फरक निष्कर्ष निकालेका थिए। परिणाम, अन्त्यमा रिपोर्ट कुनै निष्कर्षमा पुग्न सकेन। र, चीनलाई आरोप लगाउने ह्वाइटहाउसको अथक प्रयास सफल भएन।

विज्ञान र यसको शक्तिमा विश्वास गर्नेहरुले यो बुझ्नुपर्छ कि जुनसुकै अनुसन्धानको निष्कर्ष वैज्ञानिक हुनुपर्छ। कुनै विशेष देश वा संस्थालाई दोष लगाउनुको आधार वैज्ञानिक हुनुपर्छ। त्यसका लागि सत्य पत्ता लगाउने, राम्रो नियतले वास्तविक अनुसन्धान भएको हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

भाइरस उत्पत्तिको विषय धेरै राजनीतिकरण भएको छ। अर्थात् यसमा सही अनुसन्धानको अभाव छ। कोभिड-१९ को महामारीलाई 'ट्रिगर' गर्ने भाइरस कसरी मानिसहरुमा पुग्यो भनेर निर्धारण गर्न विज्ञान आवश्यक छ। वैज्ञानिकहरुले काल्पनिक परिदृश्यहरुमा आधारित भएर व्यक्ति वा संस्थाहरुलाई दोषारोपण गर्नुको सट्टा तथ्य र प्रमाणको पालना गर्नुपर्छ। कसैले एक पटक भनेको थियो, 'कसैलाई दोषारोपण गर्नुजस्तो सजिलो काम अरु केही होइन।'

विश्वव्यापी वैज्ञानिकहरुको साझा आवाजलाई बेवास्ता गर्दै यसबीचमा अमेरिकी सरकार र धेरै मिडिया आउटलेटहरुले वैज्ञानिक प्रमाण र कोभिड-१९ को उत्पत्तिको लागि जारी खोजलाई अस्वीकार गरेका छन्। जबकि, यस्ता कथाहरु कसरी बनाइन्छ, तिनलाई कसरी आकार दिइन्छ र कहिलेकाहीँ कुनै अमुक देश वा व्यक्तिविरुद्ध त्यसलाई कसरी प्रयोग गरिन्छ भन्ने दुनियाँका लागि नौलो घटना होइन।

एक पटक कोभिड-१९ उत्पत्तिको ट्रेसिङमा केन्द्रित केही प्रमुख अमेरिकी वैज्ञानिकहरु राजनीतिक दबाबको सामना गरिरहेको पनि सार्वजनिक भएको थियो। जबकि, यस मामिलामा राजनीतिज्ञहरुबाट सञ्चालित षड्यन्त्रका सिद्धान्तहरुको कारणले केही त्यसबाट अलग पनि भएका छन्। कतिपयले धम्की पनि बेहोरेको बताइन्छ। त्यही कारण यो महत्त्वपूर्ण मुद्दा मौन भएको छ। त्यस कारण अब विज्ञानमाआधारित भई कोरोना भाइरसको मूल उत्पत्तिको ट्रेसिङ र महामारी नियन्त्रणमा सहयोग गर्ने प्रक्रियामा फर्कनुपर्छ।

वुहानभन्दा पहिल्यै कोरोना भाइरस
केही अध्ययनका अनुसार  ‘२०१९-एन कोभ’ डिसेम्बर २०१९ मा वुहानमा उदय हुनुभन्दा केही हप्ता वा महिना पहिल्यै फैलिएको थियो। एक अनुसन्धानपत्रले त अमेरिकामा सेप्टेम्बर २०१९ मा गुपचुप रुपमा कोरोना भाइरस फैलिएको हुनसक्ने बताएको थियो। कतिपय वैज्ञानिकले केही तथ्य तथा प्रमाणलाई उद्धृत गर्दै अमेरिकाबाट भाइरसको उदय हुनसक्ने भन्दै अमेरिकामा एक पटक जाँच गर्न डब्ल्यूएचओलाई सुझाव पनि दिएका छन्।

मानव सभ्यताले यस्तो महामारी सामना गरेको यो पहिलो पटक भने होइन। यसभन्दा निकै ठूला र दर्दनाक महामारीको सामना दुनियाँले गरिसकेको छ। कोरोना भाइरसको बारेमा कुरा गर्दा विगतका अन्य भाइरसको विकास क्रमबारे चर्चा गरौं।

विश्व महाशक्ति अमेरिकाले अरुलाई दोषारोपण गर्नेमा आफ्नो ऊर्जा खर्च गर्नुभन्दा महामारी नियन्त्रणका लागि आवश्यक सहकार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ। 

इबोला १९७६ मा दक्षिणी सुडान र डेमोक्र्याटिक रिपब्लिक कंगोमा देखापर्‍यो। यसको उत्पत्ति जुनोटिक (मानव र पशुपन्छीबीच एकआपसमा सर्ने) भने पनि अहिलेसम्म प्राकृतिक स्रोत पत्ता लागेको छैन। यसभन्दा पहिला सन् २००२ मा ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम-कोरोनाभाइरस’ (सार्स कोभ) तथा सन् २०१२ मा ‘मिडिल इस्टर्न रेस्पिरेटरी सिन्ड्रोम’ (मर्स कोभ) देखापरेका थिए। तर, त्यसको उत्पत्तिबारे पनि संसार अनभिज्ञ छ। त्यस्तै, वैज्ञानिकहरुलाई एचआईभी/एड्स मध्य अफ्रिकामा पाइने चिम्पाञ्‍जीबाट आएको पुष्टि गर्न ४० वर्ष लाग्यो।

कुनै पनि देशलाई आफ्नो राजनीतिक स्वार्थ मानवजीवनभन्दा माथि राख्ने अधिकार छैन। अरु देशलाई दोषारोपण गर्ने र त्यही बहानामा हमला गर्ने प्रयोजनका लागि विज्ञानको विषयलाई राजनीतिकरण गर्नु पनि किमार्थ उचित छैन। अहिले खासगरी अमेरिकाले सबै प्रभाव, शक्तिहरु र खुफिया समुदायलाई पनि आफ्नो पक्षमा प्रयोग गरेर रोग उत्पत्तिका लागि अरुलाई दोष लगाउने चाल चल्दै छ। यो भूराजनीतिक प्रतिस्पर्धा नभइ मानव जीवनको बारेमा हो, जुन उसले बुझ्नुपर्दछ।

विगतमा फेला परेका धेरै अन्य भाइरसहरु जस्तै कोरोना भाइरसको उद्‍गम पनि एक प्रयोगशालाबाट नभइ प्राकृतिक रुपमा भएको हुनसक्छ। भाइरसले न सिमाना देख्छ, न त जाति वा राष्ट्रियता। यसले देश ठूलो वा सानो, धनी वा गरिब, पूर्व वा पश्चिम र अमेरिका वा चीन भनेर पनि हेर्दैन। तसर्थ यसलाई राजनीतिकरण नगरी वैज्ञानिक अनुसन्धानका रुपमा यसको उत्पत्ति पत्ता लगाउनुपर्दछ।  

यो मानव जातिको मुद्दा भइसकेकाले देशहरु विभाजित वा पक्षपाती हुनुभन्दा पारदर्शी, जिम्मेवार र एकअर्काका सहयोगी बन्नुपर्छ। यसका लागि सबै देशले सकारात्मक वातावरण सिर्जना गर्न जरुरी छ। नेपालसहित अन्य दक्षिण एसियाली देशहरु पनि वैज्ञानिक अनुसन्धानमा योगदान गर्न अग्रसर हुनुपर्छ।

यसका लागि अमेरिकाले खासमा अन्तर्राष्ट्रिय सद्‍भावना बिगार्ने कार्य तत्कालै बन्द गरेर यसको फैलावट कसरी भयो भन्नेमा केन्द्रित हुनु आवश्यक छ। विश्वको महाशक्ति मुलुक आरोप प्रत्यारोप र दोषारोपणमा संलग्न हुनुहुँदैन। बरु महामारी नियन्त्रण र विश्वव्यापी महामारीविरोधी सहयोगको लागि अग्रसर हुनुपर्छ। विश्वव्यापी जनस्वास्थ्य प्रकोप एक वैज्ञानिक मुद्दा भएकाले यसको राजनीतिकरण गरेर शक्तिसंघर्ष निम्त्याइनु हुँदैन। यस सन्दर्भमा मुलतः अमेरिकाले तुरुन्तै महामारीको उत्पत्तिमा वैश्विक एकतालाई कमजोर बनाउने कुनै पनि कार्य रोक्नुपर्दछ।

विश्व महाशक्ति अमेरिकाले अरुलाई दोषारोपण गर्नेमा आफ्नो ऊर्जा खर्च गर्नुभन्दा महामारी नियन्त्रणका लागि आवश्यक सहकार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ। विश्वव्यापी जनस्वास्थ्य प्रकोपजस्तो संवेदनशील वैज्ञानिक मामिलालाई राजनीतिकरण गरेर शक्तिआर्जन गर्ने स्रोत बनाउनु कुनै पनि हिसाबले उचित होइन।

चीनले पनि कोभिड महामारीको उत्पत्तिसम्बन्धी रहस्य सुल्झाउन सहयोगी भूमिका देखाउनुपर्छ। त्यसका लागि अरु राष्ट्रसँग सहकार्यको हात बढाउनुपर्छ।

यो संवेदनशील घडीमा अरु मुलकले पनि चीनसँग सहकार्य गरेर भाइरसको उत्पत्ति पत्ता लगाउन पारदर्शी रुपमा, तथ्यमा आधारित वैज्ञानिक अनुसन्धानमा सहयोग गर्नुपर्छ।

(काफ्ले चिनियाँ समाचार संस्था सिन्ह्वामा कार्यरत छिन्।)

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सृष्टि काफ्ले
लेखकबाट थप
कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विज्ञानको सहयोग लिने कि राजनीति गर्ने?
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्