• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विज्ञानको सहयोग लिने कि राजनीति गर्ने?

64x64
सृष्टि काफ्ले आइतबार, असोज ३१, २०७८  १६:३३
1140x725

पछिल्लो डेढ वर्षयता दुनियाँको चैन खल्बल्याइदिएको कोभिड-१९ महामारी र त्यसको कारक कोरोना भाइरस कहाँबाट आयो? यो प्रश्न अहिले सबैभन्दा ठूलो रहस्य बनेको छ। किनकि, यसको उत्पत्ति अझै पनि अनुत्तरित छ। यो महामारीबाट सारा दुनियाँ नराम्ररी प्रभावित छ। विश्वव्यापी लगभग २३ करोड मानिस संक्रमित भइसकेका छन् भने मृतकको संख्या करिब ४५ लाख पुगेको छ। यसले संसारभरको आजीविका र अर्थव्यवस्थालाई तहसनहस बनाएको छ।

महामारीको दुई वर्षपछि, संसारभरका मानिसले भाइरसविरुद्ध लड्न र यसको सामना गर्न प्रयास गरिरहँदा उनीहरूले विज्ञानमा अपेक्षा राखेका छन्। उनीहरुको आशा छ कि विज्ञानले मात्र भाइरसको उत्पत्तिबारे ठीक र सही उत्तर ल्याउन सक्छ। बिडम्वना, केही शक्तिशाली भनिएका देशहरु भाइरसको उत्पत्तिको सम्बन्धमा झुटा र गलत सूचनासँग रमाइरहेका छन्। वैज्ञानिकहरुको निष्कर्षको प्रतीक्षा नै नगरिकन, उनीहरुले यो मुद्दालाई राजनीतिकरण गरेका छन्। अझ प्रस्टसँग भन्दा उनीहरुले चीनविरुद्ध एक प्रकारको 'नकारात्मक कथा' रचना गरेर प्रचार गरिरहेका छन्, जहाँ पहिलो पटक कोरोना भाइरस रेकर्ड गरिएको थियो।

मे २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर एजेन्सीहरुलाई भाइरसको उत्पत्ति पत्ता लगाउन ९० दिनको समयसीमा दिएका थिए। त्यसको उद्देश्य स्पष्ट थियो कि अमेरिका चीनको छवि बिगार्न चाहन्थ्यो। सम्भवतः त्यही कारण पनि धेरै विशेषज्ञहरुले यस कुराको दाबी गरे।

विश्व महाशक्ति अमेरिका र उसलाई पन्छाउन अघि बढेको उदीयमान महाशक्ति चीनबीचको टकराव दुनियाँलाई थाहा छ। दुवैबीचको व्यापार युद्ध पछिल्लो पटक देखिएको दृष्टान्त हो। यसअघि अमेरिका जोडिएको शीतयुद्ध संसारलाई जानकारी छ।

भाइरस उत्पत्तिको विषय धेरै राजनीतिकरण भएको छ। अर्थात् यसमा सही अनुसन्धानको अभाव छ। कोभिड-१९ को महामारीलाई ट्रिगर गर्ने भाइरस कसरी मानिसहरुमा पुग्यो भनेर निर्धारण गर्न विज्ञान आवश्यक छ।

शीतयुद्ध फरक प्रसङ्‍ग हुनसक्ला, तर चीन र अमेरिकाबीचको आरोप-प्रत्यारोप धेरै पहिलेदेखि चलिरहेको छ। कोरोना भाइरसको उत्पत्तिबारे राष्ट्रपति बाइडेनको निर्देशन त्यो समयमा आयो, जब संयुक्त राज्य अमेरिकामा डेल्टा भेरियन्टको संस्करणको प्रसार र मृत्यु पनि बढ्दै थियो।

त्यसको ठ्याक्कै तीन महिनापछि, अगस्ट २७ मा अमेरिकी गुप्तचर एजेन्सीहरुद्वारा कोभिड-१९ उत्पत्तिबारे एक रिपोर्ट जारी गरियो। संसारले यस विषयमा नजिकबाट अवलोकन गर्‍यो र गहिरो चासो राख्यो। तर, प्रतिवेदनमा खासै केही थिएन। यो रिपोर्ट जारी गर्ने क्रममा अमेरिकी गुप्तचर निकायभित्र पनि एकरुपता थिएन। दुई फरक एजेन्सीहरुले दुई फरक निष्कर्ष निकालेका थिए। परिणाम, अन्त्यमा रिपोर्ट कुनै निष्कर्षमा पुग्न सकेन। र, चीनलाई आरोप लगाउने ह्वाइटहाउसको अथक प्रयास सफल भएन।

विज्ञान र यसको शक्तिमा विश्वास गर्नेहरुले यो बुझ्नुपर्छ कि जुनसुकै अनुसन्धानको निष्कर्ष वैज्ञानिक हुनुपर्छ। कुनै विशेष देश वा संस्थालाई दोष लगाउनुको आधार वैज्ञानिक हुनुपर्छ। त्यसका लागि सत्य पत्ता लगाउने, राम्रो नियतले वास्तविक अनुसन्धान भएको हुनुपर्छ।

Ncell 2
Ncell 2

भाइरस उत्पत्तिको विषय धेरै राजनीतिकरण भएको छ। अर्थात् यसमा सही अनुसन्धानको अभाव छ। कोभिड-१९ को महामारीलाई 'ट्रिगर' गर्ने भाइरस कसरी मानिसहरुमा पुग्यो भनेर निर्धारण गर्न विज्ञान आवश्यक छ। वैज्ञानिकहरुले काल्पनिक परिदृश्यहरुमा आधारित भएर व्यक्ति वा संस्थाहरुलाई दोषारोपण गर्नुको सट्टा तथ्य र प्रमाणको पालना गर्नुपर्छ। कसैले एक पटक भनेको थियो, 'कसैलाई दोषारोपण गर्नुजस्तो सजिलो काम अरु केही होइन।'

विश्वव्यापी वैज्ञानिकहरुको साझा आवाजलाई बेवास्ता गर्दै यसबीचमा अमेरिकी सरकार र धेरै मिडिया आउटलेटहरुले वैज्ञानिक प्रमाण र कोभिड-१९ को उत्पत्तिको लागि जारी खोजलाई अस्वीकार गरेका छन्। जबकि, यस्ता कथाहरु कसरी बनाइन्छ, तिनलाई कसरी आकार दिइन्छ र कहिलेकाहीँ कुनै अमुक देश वा व्यक्तिविरुद्ध त्यसलाई कसरी प्रयोग गरिन्छ भन्ने दुनियाँका लागि नौलो घटना होइन।

एक पटक कोभिड-१९ उत्पत्तिको ट्रेसिङमा केन्द्रित केही प्रमुख अमेरिकी वैज्ञानिकहरु राजनीतिक दबाबको सामना गरिरहेको पनि सार्वजनिक भएको थियो। जबकि, यस मामिलामा राजनीतिज्ञहरुबाट सञ्चालित षड्यन्त्रका सिद्धान्तहरुको कारणले केही त्यसबाट अलग पनि भएका छन्। कतिपयले धम्की पनि बेहोरेको बताइन्छ। त्यही कारण यो महत्त्वपूर्ण मुद्दा मौन भएको छ। त्यस कारण अब विज्ञानमाआधारित भई कोरोना भाइरसको मूल उत्पत्तिको ट्रेसिङ र महामारी नियन्त्रणमा सहयोग गर्ने प्रक्रियामा फर्कनुपर्छ।

वुहानभन्दा पहिल्यै कोरोना भाइरस
केही अध्ययनका अनुसार  ‘२०१९-एन कोभ’ डिसेम्बर २०१९ मा वुहानमा उदय हुनुभन्दा केही हप्ता वा महिना पहिल्यै फैलिएको थियो। एक अनुसन्धानपत्रले त अमेरिकामा सेप्टेम्बर २०१९ मा गुपचुप रुपमा कोरोना भाइरस फैलिएको हुनसक्ने बताएको थियो। कतिपय वैज्ञानिकले केही तथ्य तथा प्रमाणलाई उद्धृत गर्दै अमेरिकाबाट भाइरसको उदय हुनसक्ने भन्दै अमेरिकामा एक पटक जाँच गर्न डब्ल्यूएचओलाई सुझाव पनि दिएका छन्।

मानव सभ्यताले यस्तो महामारी सामना गरेको यो पहिलो पटक भने होइन। यसभन्दा निकै ठूला र दर्दनाक महामारीको सामना दुनियाँले गरिसकेको छ। कोरोना भाइरसको बारेमा कुरा गर्दा विगतका अन्य भाइरसको विकास क्रमबारे चर्चा गरौं।

विश्व महाशक्ति अमेरिकाले अरुलाई दोषारोपण गर्नेमा आफ्नो ऊर्जा खर्च गर्नुभन्दा महामारी नियन्त्रणका लागि आवश्यक सहकार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ। 

इबोला १९७६ मा दक्षिणी सुडान र डेमोक्र्याटिक रिपब्लिक कंगोमा देखापर्‍यो। यसको उत्पत्ति जुनोटिक (मानव र पशुपन्छीबीच एकआपसमा सर्ने) भने पनि अहिलेसम्म प्राकृतिक स्रोत पत्ता लागेको छैन। यसभन्दा पहिला सन् २००२ मा ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम-कोरोनाभाइरस’ (सार्स कोभ) तथा सन् २०१२ मा ‘मिडिल इस्टर्न रेस्पिरेटरी सिन्ड्रोम’ (मर्स कोभ) देखापरेका थिए। तर, त्यसको उत्पत्तिबारे पनि संसार अनभिज्ञ छ। त्यस्तै, वैज्ञानिकहरुलाई एचआईभी/एड्स मध्य अफ्रिकामा पाइने चिम्पाञ्‍जीबाट आएको पुष्टि गर्न ४० वर्ष लाग्यो।

कुनै पनि देशलाई आफ्नो राजनीतिक स्वार्थ मानवजीवनभन्दा माथि राख्ने अधिकार छैन। अरु देशलाई दोषारोपण गर्ने र त्यही बहानामा हमला गर्ने प्रयोजनका लागि विज्ञानको विषयलाई राजनीतिकरण गर्नु पनि किमार्थ उचित छैन। अहिले खासगरी अमेरिकाले सबै प्रभाव, शक्तिहरु र खुफिया समुदायलाई पनि आफ्नो पक्षमा प्रयोग गरेर रोग उत्पत्तिका लागि अरुलाई दोष लगाउने चाल चल्दै छ। यो भूराजनीतिक प्रतिस्पर्धा नभइ मानव जीवनको बारेमा हो, जुन उसले बुझ्नुपर्दछ।

विगतमा फेला परेका धेरै अन्य भाइरसहरु जस्तै कोरोना भाइरसको उद्‍गम पनि एक प्रयोगशालाबाट नभइ प्राकृतिक रुपमा भएको हुनसक्छ। भाइरसले न सिमाना देख्छ, न त जाति वा राष्ट्रियता। यसले देश ठूलो वा सानो, धनी वा गरिब, पूर्व वा पश्चिम र अमेरिका वा चीन भनेर पनि हेर्दैन। तसर्थ यसलाई राजनीतिकरण नगरी वैज्ञानिक अनुसन्धानका रुपमा यसको उत्पत्ति पत्ता लगाउनुपर्दछ।  

यो मानव जातिको मुद्दा भइसकेकाले देशहरु विभाजित वा पक्षपाती हुनुभन्दा पारदर्शी, जिम्मेवार र एकअर्काका सहयोगी बन्नुपर्छ। यसका लागि सबै देशले सकारात्मक वातावरण सिर्जना गर्न जरुरी छ। नेपालसहित अन्य दक्षिण एसियाली देशहरु पनि वैज्ञानिक अनुसन्धानमा योगदान गर्न अग्रसर हुनुपर्छ।

यसका लागि अमेरिकाले खासमा अन्तर्राष्ट्रिय सद्‍भावना बिगार्ने कार्य तत्कालै बन्द गरेर यसको फैलावट कसरी भयो भन्नेमा केन्द्रित हुनु आवश्यक छ। विश्वको महाशक्ति मुलुक आरोप प्रत्यारोप र दोषारोपणमा संलग्न हुनुहुँदैन। बरु महामारी नियन्त्रण र विश्वव्यापी महामारीविरोधी सहयोगको लागि अग्रसर हुनुपर्छ। विश्वव्यापी जनस्वास्थ्य प्रकोप एक वैज्ञानिक मुद्दा भएकाले यसको राजनीतिकरण गरेर शक्तिसंघर्ष निम्त्याइनु हुँदैन। यस सन्दर्भमा मुलतः अमेरिकाले तुरुन्तै महामारीको उत्पत्तिमा वैश्विक एकतालाई कमजोर बनाउने कुनै पनि कार्य रोक्नुपर्दछ।

विश्व महाशक्ति अमेरिकाले अरुलाई दोषारोपण गर्नेमा आफ्नो ऊर्जा खर्च गर्नुभन्दा महामारी नियन्त्रणका लागि आवश्यक सहकार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ। विश्वव्यापी जनस्वास्थ्य प्रकोपजस्तो संवेदनशील वैज्ञानिक मामिलालाई राजनीतिकरण गरेर शक्तिआर्जन गर्ने स्रोत बनाउनु कुनै पनि हिसाबले उचित होइन।

चीनले पनि कोभिड महामारीको उत्पत्तिसम्बन्धी रहस्य सुल्झाउन सहयोगी भूमिका देखाउनुपर्छ। त्यसका लागि अरु राष्ट्रसँग सहकार्यको हात बढाउनुपर्छ।

यो संवेदनशील घडीमा अरु मुलकले पनि चीनसँग सहकार्य गरेर भाइरसको उत्पत्ति पत्ता लगाउन पारदर्शी रुपमा, तथ्यमा आधारित वैज्ञानिक अनुसन्धानमा सहयोग गर्नुपर्छ।

(काफ्ले चिनियाँ समाचार संस्था सिन्ह्वामा कार्यरत छिन्।)

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सृष्टि काफ्ले
लेखकबाट थप
कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विज्ञानको सहयोग लिने कि राजनीति गर्ने?
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्