काठमाडौं- टोखाबाट लागु औषध खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो १३:३० बजे टोखा नगरपालिका- ११ ग्रीनल्यान्ड ओमप्लाजास्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुली दमौली घर भई टोखा बस्दै आएका ३५ वर्षीय यादव कार्की, महोत्तरी बर्दिबासका २० वर्षीय दलबहादुर विक र ३० वर्षीय नयन विक रहेका छन्।
उनीहरुले टेकनाथ न्यौपानेको चार तले घरको तेस्रो तलामा डेरा गरी बस्ने यादव कार्कीको कोठामा खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले तलासी गर्दा ८४ ग्राम खैरो हेरोइन बरामद गरेको हो।
साथै, ४४ हजार ६ सय नेपाली रुपैयाँ र ४ हजार ९ सय भारू बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।