प्रतिकात्मक तस्वीर
काठमाडौं– मोरङमा लुटेराको समूहले बैंकका सुरक्षा गार्डलाई गोली प्रहार गरी बैंक लुट्ने प्रयास गरेको छ। तर, उनीहरुको प्रयास भने असफल भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको हो।
सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न आएको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। उनीहरु गार्डमाथि गोली प्रहार गरेर लुटपाट गर्न भित्र छिरेका थिए।
गोली चलेपछि स्थानीय प्रहरी बैंकमा पुगेको थियो। प्रहरी पुगेपछि लुटेराहरु गोली चलाउँदै भागेका थिए। भाग्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए।
लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । उनको गर्धनमा गोली लागेको र अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको एसपी राईले जानकारी दिए। लुटेरा समूहका १ जना पनि गोली लागेर घाइते भएको छन्।
एसपी राईले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘लुटेरा समूहका ३ जनालाई नियन्त्रणमा लिइएको छ। अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।