सुनसरी- इटहरी उपमहानगरपालिका-६ धरान लाइनबाट यार्सागुम्बासहित दुई जना पक्राउ परेका छन्।
सो स्थानमा दुर्लभ वनस्पति यार्सागुम्बाको अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह (आरआईटी) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा खोटाङको रावावेशी गाउँपालिका-४ का २७ वर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेका छन्। उनीहरुबाट तीन केजी यार्सागुम्बा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
यार्सागुम्बासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि तरहरा सबडिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।