• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सत्यनारायण हत्या : तीन महिनासम्म पनि फुकेन अपराधको गुत्थी

अनुसन्धान अधिकारी भन्छन्– हत्या जेरिझैं जेलिएको छ
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  ०९:४५
1140x725

काठमाडौं– हत्या भएको तीन महिना बितिसक्दा समेत ५९ वर्षीय भारतीय नागरिक सत्यनारायण पारिख हत्याको गुत्थी प्रहरीले फुकाउन सकेको छैन। 

सानेपास्थित गुसिटोल बस्ने पारिखको हत्या अनुसन्धानका क्रममा तीन महिनासम्म दर्जनौसँग सोधपुछदेखि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा समेत कुनै ‘क्लू’ प्रहरीले फेला पार्न सकेको छैन। विभिन्न प्राविधिक पाटो, म्यानुअल अनुसन्धान गर्दा पनि हत्याको निचोडर्फत प्रहरी पुग्न सकेको छैन। 

पारिख हत्यालाई नजिकबाट नियालेका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्,  ‘पारिखको हत्या जेरिझैं जेलिएको छ। विभिन्न कोणबाट अनुसन्धान गर्दा सुरुवाती क्रममा निकै आशावादी भएपनि अन्तिममा प्रगति भने जहाँको त्यहीँ हुन्छ।’

सानेपास्थित गुसिटोल तीनतले घर भाडामा लिएर बसेका पारिखकोमा काम गर्न दुई महिला घरमा नियमित आउँथे। दुई दिनसम्म उनको घरमा ताला लागेपछि प्रहरीले २० असारमा ताला तोडेर घरभित्र पस्दा उनी मृत भेटिएका थिए। 

प्रहरीले उनको हत्या नै भएको ठहर गरे पनि तीन महिना बितिसक्दा समेत अभियुक्त पहिचान नै गर्न सकेको छैन। हत्याको अनुसन्धान महानगरीय प्रहरी परिसर ललितपुर र महाशाखाले तीन महिनासम्म गरेपनि टुंगोमा पु¥याउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान सुरु गरेको छ। सीआईबीका डीआईजी धीरजप्रताप सिंह भने अनुसन्धान सकारात्मक दिशामा अघि बढेको दाबी गर्छन्। 

हत्यामा संलग्न भएको हुनसक्ने व्यक्ति सिसी टिभी फुटेजमा समेत कैद भएको देखिएको छ। उक्त फुटेजमार्फत् पनि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको डीआईजी सिंह बताउँछन्। 

न्यूरोडको एट्लान्टिक कम्युटर प्रालिमा सेल्सम्यानको रुपमा काम गर्ने सत्यनारायणले आफ्नो घरमा काम गर्न दुई महिला राखेका थिए। उनीहरूलाई परिसर ललितपुर र महाशाखाले सोधपुछ समेत गरेर छाडेका थिए। अहिले फेरि सीआईबीले उनीहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ। 

सत्यनारायण १८ असारसम्म काम गर्न आउने महिलाको फोन सम्पर्कमा रहनु, शनिबार काम गर्न नभ्याउने बताउनु र सोही रात उनको हत्या हुनु जस्ता कारणले महिला अझै शंकाको घेरामा छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे। भान्छा पनि दोस्रो तलामै थियो। सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे। पहिलो तला भने खाली थियो।

मुख्य गेट र ढोका बन्द थियो। तर, झ्यालको जाली काटिएको थियो। ग्रिल बिनाको झ्याल खुल्लै थियो। लामखुट्टे छेक्न जाली लगाइएको हुनाले त्यसलाई काटेर कोही भित्र प्रवेश गरेजस्तो देखिएको प्रहरी अधिकारी बताउँछन्। 

पारिख घोप्टो अवस्थामा पलङमाथि मृत भेटिएका थिए। वर्ष दिनअघि दुर्घटनामा परेका कारण खुट्टामा लगाइएको ‘ब्याण्डेज’ समेत फुकालिएको थिएन। शरीरको माथिल्लो भागमा रगतका टाटा थिए। सत्यनारायणका दुई वटा मोबाइल थिए। एउटा अलिअलि फुटेको र अको टुक्रा–टुक्रा अवस्थामा प्रहरीले फेला परेको थियो। 

सीसीटीभी फुटेजको हुलियाबाट दर्जनौं नियन्त्रणमा
पारिखकको हत्या भएपछि प्रहरीले वरपरका सीसीटीभी फुटेज पनि नियालेको थियो। सो क्रममा सिसी टिभी क्यामेराको फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको थियो। 

तर, उनीहरू घरैभित्र छिरे/नछिरेको दृश्य भने फुटेजमा कैद छैन। सीसीटीभी फुटेजमा सत्यनारायण बस्ने घरअगाडि दुई वटा मोटरसाइकल रोकर अघि बढेकोसम्म देखिएको तर घरभित्र प्रवेश गरेको भने देखिँदैन। यसरी राति करिब १० बजेतिर उनीहरू पहिलो पटक पारिख बस्ने घर अघि पुगेर फर्किन्छन्। दोस्रो पटक करिब ११ बजेपछि त्यही हुलिया भएको मान्छे फेरि त्यसैगरी पारिखकको घर अघि पुगेर मोटरसाइकल रोकेर अघि बढ्छन्। 

सीसीटीभीमा उक्त दृश्य देखिए पनि राति भएकाले प्रष्ट नहुनु, मोटरसाइकलको नम्बर समेत नखुल्नुले अनुसन्धानमा अफ्ठ्यारो भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी खापुङ बताउँछन्। 

त्यसपछि सीसीटीभी फुटेजमा देखिएको उक्त हुलियासँग मेल खाने खालका मान्छेमाथि निगरानी राखेर अनुसन्धान गर्दा समेत केही तथ्य फेला नपरेको एसएसपी खापुङले बताए। 

‘हामीले फुटेजमा देखिएको हुलियासँग मिले खाने दर्जनौं मान्छे नियन्त्रणमा लिएर पनि सोधपुछ ग¥यौं। तर, केही नयाँ तथ्य खुल्न सकेन’, उनले भने। 

प्रहरले उक्त हुलियासँग मेल खाने, आपराधिक पृष्ठभूमिका भएका, पटके चोरदेखि लागूऔषध कारोबारीसम्म गरी करिब ५० भन्दा बढीलाई पटक पटक गरी नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि पारिखकको हत्या अनुसन्धान भने जहाँको त्यहीँ छ। 

रुद्राक्ष व्यापारीसम्म नियन्त्रणमा, उपलब्धी शून्य
अनुसन्धानका क्रममा पारिखसँग एकमुख रुद्राक्ष भएको भन्ने विषय प्रहरीको कानमा परेको थियो। बहुमूल्य भनिएको उक्त रुद्राक्ष लुटपाट गर्नका लागि पारिखको हत्या गरिएको हुनसक्ने अनुमान गर्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरेको थियो। 

सो क्रममा रुद्राक्ष देख्ने भनिएका व्यक्तिदेखि रुद्राक्षसम्बन्धी कारोबार गर्नेसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यो पाटोबाट अनुसन्धान गर्दा पनि केही उपलब्धी हात पार्न प्रहरीले सकेन। 

‘एकमुखे रुद्राक्ष थियो भन्ने हामीले सुनेपछि रुद्राक्ष व्यापारीदेखि रुद्राक्ष देख्नेसम्मलाई नियन्त्रणमा लिएर हामीले सोधपुछ गर्‍यौं। तर, त्यसबाट पनि केही खुल्न सकेन’ एसएसपी खापुङले सुनाए। 

गौलोचन भन्ने वस्तु पारिखसँग रहेको भन्ने सुनेपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरेको थियो। त्यसबाट अनुसन्धानका लागि प्रहरीले कुनै रोडम्याप फेला सकेन।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
चेल्सीको विजयी सुरुआत
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्