• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चङ्गा : इन्द्रदेवलाई ‘अब पानी पुग्यो’ भन्ने सन्देश!

ओम धौभडेल मंगलबार, असोज २६, २०७८  ०७:१२
1140x725

म भक्तपुरमा जन्मिएँ। भक्तपुरको पाँचतले मन्दिर वरपर हुर्किएँ। बाल्यकालमा चङ्गा भनेपछि म हुरुक्कै हुने मान्छे हुँ। चङ्गा उडाउन पाउने भनेपछि अरु केही कुरा चाहिँदैन थियो।

हाम्रो घर अरुको भन्दा अलि होचो थियो। आफ्नो घरको कौसीबाट चङ्गा उडाउँदा अरुको घरले छेकिदिन्थे। त्यसैले म चङ्गा उडाउन खुल्ला फाँटतिर जान्थे। 

खुल्ला ठाउँमा गएर चङ्गा उडाउनु दशैं नजिकिएपछिको मेरो दैनिकी थियो। आफूसँग भएको एउटा चङ्गालाई जतनसाथ उडाएर दशैं कटाउनुपथ्र्यो। मेरो घरकै सामुन्ने काका पर्ने हेरमान साहु धौभडेल हुनुहुन्थ्यो। उहाँले काठमाडौंबाट चङ्गा लिएर आउनुहुन्थ्यो। म ‘पछि पैसा दिउँला है’ भनेर उहाँसँग चङ्गा र लट्टाइ लिन्थे। त्यत्ति बेला चङ्गाको मुल्य ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म पर्ने हुन्थ्यो।

ओम धौभडेल

उडाउँदै जाँदा चङ्गा पनि च्यातिन्थ्यो। घरबाट अर्को चङ्गा किन्न पैसा माग्ने कुरै भएन। च्यातिएको चङ्गालाई ठाउँ ठाउँमा जोडेर उड्न सक्ने बनाउँथे। दशैंमा किनेको चङ्गा तिहारसम्म उडाउनु पर्ने भएकाले पनि त्यसको जतन गर्न एकदमै ध्यान हुन्थ्यो मेरो। स्कुल छुट्टी भएपछि चङ्गा उडाउनु मेरो दैनिकी थियो।

चङ्गासँग जोडिएका मेरा कैयौं किस्साहरु छन्।

सुरुवातमा म चङ्गा राम्रोसँग उडाउन जान्दिनँ थिएँ। चङ्गालाई छाडेपछि त्यसले उचाइ नपक्रिदाँसम्म पछाडि पछाडि जानुपर्ने हुन्छ। एकपटक चङ्गा उडाउँदा म त्यसै गरिरहेको थिएँ।  म पछाडि नहेरी चङ्गालाई उडाउन पछि गइरहेको थिएँ। मेरो पछाडि एक जना बच्चा विपरीत दिशामा फर्किएर खेलिरहेको रहेछ। म पछाडि जाँदा मैले उसलाई थिच्न पुगेँछु। हामी दुवै जना लड्यौं। बच्चाको टाउकोमा चोट पनि लाग्यो। 

उसको बुवा–आमाले मेरो चङ्गाको लट्टाइ, चङ्गा सबै च्यातिदिनु भयो। मलाई एक–दुई थप्पड पनि हानेर ‘पछाडि हेर्नुपर्दैन’ भन्नुभयो।

त्यसपछि म रुँदै घर आएँ। अनि, बाहिर कहिल्यै चङ्गा उडाइन्। जाने पनि नजाने पनि घरकै कौशीमा बसेर चङ्गा उडाउन थालेँ।

nimb
nimb
Ncell 2
Ncell 2

चङ्गा उडाउनेजस्तै चङ्गा चेट भएपछि त्यसलाई टिप्न जाँदा पनि कैयौंपटक चोट लागेको छ। गाउँघरमा जसको पनि चङ्गा चेट गर्ने चलन पहिल्यैबाट थियो। यसरी चेट भएको चङ्गा देख्नासाथ कतै केही नहेरी हामी त्यो चङ्गा टिप्न कुद्थ्यौं।

मैले बाल्यकालमा आफैंले अनुभव गरेको दशैंको संस्कृति अहिले छैन। त्यो बेला महिना दिनअघिदेखि नै आकाशमा चङ्गा देखिन्थे। आकाशमा चङ्गा देखिएपछि मात्रै हामीलाई दशैं आएको भान हुन्थ्यो।

तर, अहिलेको पुस्ताले त्यो देखेको छैन।

दशैंको समयमा चङ्गा उडाउने परम्परालाई अहिले फगत मनोरञ्जनको साधनको रुपमा मात्रै हेरिएको हो कि जस्तो लाग्छ। तर, चङ्गा उडाउने कुरा हाम्रो मौलिक पहिचानसँगै वैज्ञानिक र सांस्कृतिक रुपमा पनि जोडिएको छ। चङ्गा उडाउनुको पछाडि सांस्कृतिक कारण छन्।

दशैं आउनुभन्दा अघिका महिनाहरुमा धेरै लामो समयसम्म पानी पर्‍यो। हिजो–अस्ती हामीलाई पानी आवश्यक थियो रोपाइँका लागि। इन्द्र देवतालाई पानी पार्नको लागि हामीले आह्वान गर्‍यौं। पानी पारिदिएकोमा इन्द्र जात्रा गरी हामीले इन्द्र देवलाई धन्यवाद टक्रायौं। 

तर, अहिलेको झरी त अनावश्यक हो। दशैंको बेला पर्ने झरिले राम्रो गर्दैन्। एकातिर चाडबाडको बेला मानिसलाई हिँडडुल गर्नदेखि चिसो मौसम सुरु हुँदै गर्दा पानी पर्नुले स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ। उपत्यकामा त खेती हुन्थ्यो। खेतीलाई पनि दशैंको समयमा पर्ने पानीले असर गर्छ। धान फल्ने बेलामा पानी पर्यो भने धान लड्ने, यसका फुलहरु झर्ने समस्या हुन्छन्। 

हामीले अब पानी नपारिदिनु भन्नका लागि चङ्गाको प्रयोग गरेर इन्द्रदेवलाई सन्देश पठाउने गरेको मान्यता छ। ‘अब पानी पुगिसक्यो, अब रोकिदिनू’ भन्दै इन्द्रदेवलाई सन्देश पठाउने साधन हो चङ्गा।

तर, विस्तारै यो चङ्गा उडाउने संस्कृति लोप भएको छ। दशैं आएको संकेत दिने चङ्गा क्रमिक रुपमा प्रविधिको विकास र नेपालमा त्यसको प्रवेशसँगै लोप भएको जस्तो लाग्छ।

नेपालमा पहिलो पटक २०४१ सालमा टेलिभिजन आयो। त्यसअघिसम्म पनि काठमाडौं, भक्तपुर, ललितपुरमा दशैंको समयमा धेरै चङ्गाहरु देखिन्थ्यो। 

तर, टेलिभिजन आएपछि युवापुस्ताहरु मनोरञ्जनको नयाँ साधनतर्फ ढल्किएको देखिन थाल्यो। उनीहरु बाहिर निस्किएर चङ्गा उडाउनेभन्दा पनि घरभित्रै बसेर टेलिभिजनसँग रमाउन सुरु गरेका थिए। त्यसपछि क्रमिक रुपमा भिडियोदेखि मोबाइलजस्ता प्रविधिका साधनहरु आए। मान्छेहरु नयाँ उपकरण, नयाँ प्रविधितर्फ आकर्षित भए। उनीहरुले नयाँ किसिमको मनोरञ्जनको साधन पाएकाले चङ्गा उडाउन छाडेर त्यहि नयाँ साधनतर्फ आकर्षित हुँदै गएको देखिन्छ।

अहिले चङ्गा उडाउने परम्परा शून्य जस्तै भएको छ। फाट्ट–फुट्टबाहेक कतै पनि चङ्गा उडेको देखिँदैन।

हिजो दशैं आएको संकेत कि नयाँ लुगा सिलाएपछि थाहा पाउने कि चङ्गा उडाएपछि थाहा पाउने चलन थियो। अहिले खाली आकाश देख्दा ती दिनहरु सम्झिनु स्वभाविक भएको छ। अघिल्लो पुस्ताका हामीलाई दशैं आएको जस्तो महसुस नै हुन छाडेको छ।

हाम्रा कैयौं संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन्। ती संस्कृतिलाई लोप हुन नदिन र तिनीहरुलाई थप विस्तारित गरेर लैजान यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक छ।

हामीले हाम्रा स्थानीय पाठ्यक्रममा चङ्गाको विषयलाई समावेश गराउन सक्नुपर्छ। जापान, कोरिया, थाइल्याण्डजस्ता देशमा पनि चङ्गा उडाइन्छ। त्यहाँ चङ्गा उडाउन प्रतियोगिता हुन्छ, राज्यकै स्तरबाट। त्यहाँ स्कुलदेखि राज्यस्तरबाटै ठूला–ठूला प्रतियोगिता भएर चङ्गाको संस्कृतिलाई जोगाइएको छ।

हाम्रोमा पनि विद्यार्थीहरुलाई ज्ञान दिने किसिमले चङ्गाको वैज्ञानिक कारणदेखि यसको सांस्कृतिक महत्वलाई झल्किने किसिमका कामहरु गर्न आवश्यक छ। मौखिक रुपमा हाम्रो संस्कृति बाँढेर मात्रै पनि हुँदैन। यसलाई अभिलेखीकरण गर्न आवश्यक छ। चङ्गाको संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नु अहिलेको आवश्यक हो। मौखिक रुपमा भनिएका कुराहरुलाई अभिलेख बनाउन सकियो भने ती कुराहरु सधैंलाई जीवित रहन्छन्। पुरा कुरामा नयाँ पुस्तालाई ध्यान दिनका लागि ती कुराहरुलाई नयाँ पुस्ता अनुसारको बनाउनु पर्छ। 

चङ्गा हाम्रो परम्परा हो, हाम्रो इतिहास हो। यसले हावाको बहाव थाहा पाउनेजस्ता वैज्ञानिक पक्षदेखि इन्द्र देवतासँग जोडिएको सांस्कृतिक पक्ष बोकेको छ। यी कुराहरु बचाउन नयाँ पुस्तासँग यसलाई परिचित बनाउनु पर्छ। त्यसका लागि हामीले आधुनिक शैली र नयाँ पुस्ताले बुझ्ने किसिमले हस्तान्तरण गर्नुपर्छ।

(संस्कृतिविद् ओम धौभडेलसँग युवराज भट्टराईले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
संयुक्त राष्ट्रसंघको मुख्यालयमा मनाइयो आरोग्य दिवस
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, वैशाख ५, २०८३
संयुक्त राष्ट्रसंघको मुख्यालयमा मनाइयो आरोग्य दिवस शनिबार, वैशाख ५, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्