• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चङ्गा : इन्द्रदेवलाई ‘अब पानी पुग्यो’ भन्ने सन्देश!

ओम धौभडेल मंगलबार, असोज २६, २०७८  ०७:१२
1140x725

म भक्तपुरमा जन्मिएँ। भक्तपुरको पाँचतले मन्दिर वरपर हुर्किएँ। बाल्यकालमा चङ्गा भनेपछि म हुरुक्कै हुने मान्छे हुँ। चङ्गा उडाउन पाउने भनेपछि अरु केही कुरा चाहिँदैन थियो।

हाम्रो घर अरुको भन्दा अलि होचो थियो। आफ्नो घरको कौसीबाट चङ्गा उडाउँदा अरुको घरले छेकिदिन्थे। त्यसैले म चङ्गा उडाउन खुल्ला फाँटतिर जान्थे। 

खुल्ला ठाउँमा गएर चङ्गा उडाउनु दशैं नजिकिएपछिको मेरो दैनिकी थियो। आफूसँग भएको एउटा चङ्गालाई जतनसाथ उडाएर दशैं कटाउनुपथ्र्यो। मेरो घरकै सामुन्ने काका पर्ने हेरमान साहु धौभडेल हुनुहुन्थ्यो। उहाँले काठमाडौंबाट चङ्गा लिएर आउनुहुन्थ्यो। म ‘पछि पैसा दिउँला है’ भनेर उहाँसँग चङ्गा र लट्टाइ लिन्थे। त्यत्ति बेला चङ्गाको मुल्य ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म पर्ने हुन्थ्यो।

ओम धौभडेल

उडाउँदै जाँदा चङ्गा पनि च्यातिन्थ्यो। घरबाट अर्को चङ्गा किन्न पैसा माग्ने कुरै भएन। च्यातिएको चङ्गालाई ठाउँ ठाउँमा जोडेर उड्न सक्ने बनाउँथे। दशैंमा किनेको चङ्गा तिहारसम्म उडाउनु पर्ने भएकाले पनि त्यसको जतन गर्न एकदमै ध्यान हुन्थ्यो मेरो। स्कुल छुट्टी भएपछि चङ्गा उडाउनु मेरो दैनिकी थियो।

चङ्गासँग जोडिएका मेरा कैयौं किस्साहरु छन्।

सुरुवातमा म चङ्गा राम्रोसँग उडाउन जान्दिनँ थिएँ। चङ्गालाई छाडेपछि त्यसले उचाइ नपक्रिदाँसम्म पछाडि पछाडि जानुपर्ने हुन्छ। एकपटक चङ्गा उडाउँदा म त्यसै गरिरहेको थिएँ।  म पछाडि नहेरी चङ्गालाई उडाउन पछि गइरहेको थिएँ। मेरो पछाडि एक जना बच्चा विपरीत दिशामा फर्किएर खेलिरहेको रहेछ। म पछाडि जाँदा मैले उसलाई थिच्न पुगेँछु। हामी दुवै जना लड्यौं। बच्चाको टाउकोमा चोट पनि लाग्यो। 

उसको बुवा–आमाले मेरो चङ्गाको लट्टाइ, चङ्गा सबै च्यातिदिनु भयो। मलाई एक–दुई थप्पड पनि हानेर ‘पछाडि हेर्नुपर्दैन’ भन्नुभयो।

त्यसपछि म रुँदै घर आएँ। अनि, बाहिर कहिल्यै चङ्गा उडाइन्। जाने पनि नजाने पनि घरकै कौशीमा बसेर चङ्गा उडाउन थालेँ।

Ncell 2
Ncell 2
nimb
nimb

चङ्गा उडाउनेजस्तै चङ्गा चेट भएपछि त्यसलाई टिप्न जाँदा पनि कैयौंपटक चोट लागेको छ। गाउँघरमा जसको पनि चङ्गा चेट गर्ने चलन पहिल्यैबाट थियो। यसरी चेट भएको चङ्गा देख्नासाथ कतै केही नहेरी हामी त्यो चङ्गा टिप्न कुद्थ्यौं।

मैले बाल्यकालमा आफैंले अनुभव गरेको दशैंको संस्कृति अहिले छैन। त्यो बेला महिना दिनअघिदेखि नै आकाशमा चङ्गा देखिन्थे। आकाशमा चङ्गा देखिएपछि मात्रै हामीलाई दशैं आएको भान हुन्थ्यो।

तर, अहिलेको पुस्ताले त्यो देखेको छैन।

दशैंको समयमा चङ्गा उडाउने परम्परालाई अहिले फगत मनोरञ्जनको साधनको रुपमा मात्रै हेरिएको हो कि जस्तो लाग्छ। तर, चङ्गा उडाउने कुरा हाम्रो मौलिक पहिचानसँगै वैज्ञानिक र सांस्कृतिक रुपमा पनि जोडिएको छ। चङ्गा उडाउनुको पछाडि सांस्कृतिक कारण छन्।

Xtrem

Xtrem

दशैं आउनुभन्दा अघिका महिनाहरुमा धेरै लामो समयसम्म पानी पर्‍यो। हिजो–अस्ती हामीलाई पानी आवश्यक थियो रोपाइँका लागि। इन्द्र देवतालाई पानी पार्नको लागि हामीले आह्वान गर्‍यौं। पानी पारिदिएकोमा इन्द्र जात्रा गरी हामीले इन्द्र देवलाई धन्यवाद टक्रायौं। 

तर, अहिलेको झरी त अनावश्यक हो। दशैंको बेला पर्ने झरिले राम्रो गर्दैन्। एकातिर चाडबाडको बेला मानिसलाई हिँडडुल गर्नदेखि चिसो मौसम सुरु हुँदै गर्दा पानी पर्नुले स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ। उपत्यकामा त खेती हुन्थ्यो। खेतीलाई पनि दशैंको समयमा पर्ने पानीले असर गर्छ। धान फल्ने बेलामा पानी पर्यो भने धान लड्ने, यसका फुलहरु झर्ने समस्या हुन्छन्। 

हामीले अब पानी नपारिदिनु भन्नका लागि चङ्गाको प्रयोग गरेर इन्द्रदेवलाई सन्देश पठाउने गरेको मान्यता छ। ‘अब पानी पुगिसक्यो, अब रोकिदिनू’ भन्दै इन्द्रदेवलाई सन्देश पठाउने साधन हो चङ्गा।

तर, विस्तारै यो चङ्गा उडाउने संस्कृति लोप भएको छ। दशैं आएको संकेत दिने चङ्गा क्रमिक रुपमा प्रविधिको विकास र नेपालमा त्यसको प्रवेशसँगै लोप भएको जस्तो लाग्छ।

नेपालमा पहिलो पटक २०४१ सालमा टेलिभिजन आयो। त्यसअघिसम्म पनि काठमाडौं, भक्तपुर, ललितपुरमा दशैंको समयमा धेरै चङ्गाहरु देखिन्थ्यो। 

तर, टेलिभिजन आएपछि युवापुस्ताहरु मनोरञ्जनको नयाँ साधनतर्फ ढल्किएको देखिन थाल्यो। उनीहरु बाहिर निस्किएर चङ्गा उडाउनेभन्दा पनि घरभित्रै बसेर टेलिभिजनसँग रमाउन सुरु गरेका थिए। त्यसपछि क्रमिक रुपमा भिडियोदेखि मोबाइलजस्ता प्रविधिका साधनहरु आए। मान्छेहरु नयाँ उपकरण, नयाँ प्रविधितर्फ आकर्षित भए। उनीहरुले नयाँ किसिमको मनोरञ्जनको साधन पाएकाले चङ्गा उडाउन छाडेर त्यहि नयाँ साधनतर्फ आकर्षित हुँदै गएको देखिन्छ।

अहिले चङ्गा उडाउने परम्परा शून्य जस्तै भएको छ। फाट्ट–फुट्टबाहेक कतै पनि चङ्गा उडेको देखिँदैन।

हिजो दशैं आएको संकेत कि नयाँ लुगा सिलाएपछि थाहा पाउने कि चङ्गा उडाएपछि थाहा पाउने चलन थियो। अहिले खाली आकाश देख्दा ती दिनहरु सम्झिनु स्वभाविक भएको छ। अघिल्लो पुस्ताका हामीलाई दशैं आएको जस्तो महसुस नै हुन छाडेको छ।

हाम्रा कैयौं संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन्। ती संस्कृतिलाई लोप हुन नदिन र तिनीहरुलाई थप विस्तारित गरेर लैजान यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक छ।

हामीले हाम्रा स्थानीय पाठ्यक्रममा चङ्गाको विषयलाई समावेश गराउन सक्नुपर्छ। जापान, कोरिया, थाइल्याण्डजस्ता देशमा पनि चङ्गा उडाइन्छ। त्यहाँ चङ्गा उडाउन प्रतियोगिता हुन्छ, राज्यकै स्तरबाट। त्यहाँ स्कुलदेखि राज्यस्तरबाटै ठूला–ठूला प्रतियोगिता भएर चङ्गाको संस्कृतिलाई जोगाइएको छ।

हाम्रोमा पनि विद्यार्थीहरुलाई ज्ञान दिने किसिमले चङ्गाको वैज्ञानिक कारणदेखि यसको सांस्कृतिक महत्वलाई झल्किने किसिमका कामहरु गर्न आवश्यक छ। मौखिक रुपमा हाम्रो संस्कृति बाँढेर मात्रै पनि हुँदैन। यसलाई अभिलेखीकरण गर्न आवश्यक छ। चङ्गाको संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नु अहिलेको आवश्यक हो। मौखिक रुपमा भनिएका कुराहरुलाई अभिलेख बनाउन सकियो भने ती कुराहरु सधैंलाई जीवित रहन्छन्। पुरा कुरामा नयाँ पुस्तालाई ध्यान दिनका लागि ती कुराहरुलाई नयाँ पुस्ता अनुसारको बनाउनु पर्छ। 

चङ्गा हाम्रो परम्परा हो, हाम्रो इतिहास हो। यसले हावाको बहाव थाहा पाउनेजस्ता वैज्ञानिक पक्षदेखि इन्द्र देवतासँग जोडिएको सांस्कृतिक पक्ष बोकेको छ। यी कुराहरु बचाउन नयाँ पुस्तासँग यसलाई परिचित बनाउनु पर्छ। त्यसका लागि हामीले आधुनिक शैली र नयाँ पुस्ताले बुझ्ने किसिमले हस्तान्तरण गर्नुपर्छ।

(संस्कृतिविद् ओम धौभडेलसँग युवराज भट्टराईले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्