काठमाडौं- घुस रकमसहित महोत्तरी, मटिहानी नगरपालिका–५ वडा कार्यालयका वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटर पक्राउ परेका छन्।
जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट १० हजार लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईन छन्।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।