काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले करिब १५ सय किलो अतिसबाजी तथा पटाका बरामद गरेको छ। विभिन्न मितिमा उपत्यकाबाहिरबाट गैरकानुनी रुपमा लुकाइछिपाइ काठमाडौं भित्र्याइएको पटाका बरामद भएको हो।
उक्त पटाकासहित बाराको गढिमाई नगरपालिका-३ गञ्जभवानीपुरका ३० वर्षीय उमेशकुमार जैसवाल पक्राउ परेका छन्।
पटका, भुइँचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु बिक्री वितरण गर्न भण्डारण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई असोज २३ गते कुपण्डोलबाट पक्राउ गरेको हो।
कुपण्डोल, गुसिंगलमा टहरा भाडामा लिइ उनले पटाका भण्डारण गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।