काठमाडौं– हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि सुनसरी तनावग्रस्त बनेको छ। अभद्र व्यवहारको कसूरमा पक्राउ परेर हिरासतमा रहेका सुनसरी भोक्राहाका मोहम्मद हकिम साहको मृत्यु भएपछि सुनसरी तनावग्रस्त बनेको हो।
साहको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा उनका आफन्त प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएका मृतकका आफन्त र प्रहरीबीच झडप भएको हो।
झडपका क्रममा प्रहरीसहित करिब एक दर्जन व्यक्ति सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको थियो। हिरासतमा रहेका बेला चरम यातना दिइएका कारण साहको मृत्यु भएको आफन्तको आरोप छ।
प्रहरीले भने साहले आत्महत्या गरेको बताएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले साहले आत्महत्या गरेको देखिएको बताए।
एसपी सिंहका अनुसार सिसीटिभी फुटेजमा समेत साहले आत्महत्या गरेको देखिएको छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।