काठमाडौं- सशस्त्र प्रहरीले झापाको मेची नगरपालिका-८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार करिब १० केजी ४१० ग्राम गाँजासहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका-४ बस्ने २९ वर्षीया फूलमाया स्याङतान र अर्जुन मोक्तान रहेका छन्।
सशस्त्र प्रहरीले फूलमाया बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करिब ५५५ ग्राम गाँजा भेटेपछि सोही नगरपालिका-१० बस्ने ५२ वर्षीय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको छ। मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाँजा फेला पारेपछि पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरुलाई बरामद गाँजा तथा अटोसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिका-२ स्थित सीमा इलाकाबाट शनिबार सशस्त्र प्रहरीले करिब तीन केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले आउँदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेपछि पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।