काठमाडौं– कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोर्कापण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो।
आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अगाडि शब्दहरू अविराम यात्रामा, आमा, बिम्बशिविर र हिउँको आरोहण कृति प्रकाशित भइसकेका छन्।
शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत रहेका छन्।
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य रु.२०० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।