नुवाकोट– श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।
३२ वर्षीया श्रीमती सुशीला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
राजकुमारले घरायसी विवादको कारण सुशीलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्।
खुकुरी प्रहार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा सुशीलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।