प्रतिकात्मक तस्वीर
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सन्तोषजनक काम नगरेको भन्दै २ प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित २४ जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
उनीहरुलाई हाल कार्यरत ठाउँको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका बृत्तमा तानिएको हो। परिसर तानिनेमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक त्रिभुवन थापा र महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रहरी निरीक्षक रमेश विष्ट छन्।
यस्तै, अन्य २२ जना प्रहरी नायव निरीक्षक, सहायक निरीक, हवल्दार र जवान छन्।
महानगरीय प्रहरी परिसर स्रोतले जिम्मेवारी प्राप्त क्षेत्रमा सन्तोषजनक रुपमा काम नगरेको पाइएकाले जिम्मेवारीबाट हटाएर तालुक निकायमा तानिएको बतायो।
जिम्मेवारीबाट हटाएर परिसर तानिएकाहरुमाथि थप अनुसन्धान भइरहेको परिसर स्रोतले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।