वीरगन्ज– स्रोत नखुलेको ३ लाख ७८ हजार रुपैयाँसहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति हुण्डी कारोबारी भएको प्रहरीको भनाइ छ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बुधबार साँझ वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत रक्सौल–४ का २५ वर्षीय सुजित कुमार गुप्ता छन्।
बुधबार साँझ भारतीय नम्बरप्लेट बीआर–२२–ई २७६३ को मोटरसाइकलमा सवार भइ भारतबाट नेपालतर्फत आउँदै गरेका उनलाई चेकजाँचका क्रममा नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ परेका गुप्तामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।