काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा पक्राउ परेका १२ जनामाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले तामाङसहित सिभिल ग्रुप (सिभिल सहकारी)का १२ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनका लागि म्याद थप गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए।
सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष तामाङसहित १२ जनाले १३७ जना बचतकर्ताको ७० करोड ८९ लाख १३ हजार रुपैयाँ निक्षेप ठगी गरेको आरोप लागेको छ।
पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीको टोलीले सोमबार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा आवद्ध १२ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।