काठमाडौं– नेपाल प्रहरीको पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
६६औं नेपाल प्रहरी दिवसको अवसमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड डंगोललाई प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले डंगोललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए। प्रहरी जवानको रुपमा २००८ असार ११ गते सेवा प्रवेश गरी डंगोल अनवरत रुपमा ३१ वर्ष ७ महिना २२ दिन प्रहरी सेवामा रहेर अवकाश पाएकी थिइन्।
उनी प्रहरी सहायक निरीक्षक (असई)मा अवकाश भएकी थिइन्। डंगोलको घर काठमाडौं महानगरपालिका–७ चाबहिल हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।