इलाम- इलामको सुर्योदय नगरपालिका ३ बाट सशस्त्र प्रहरीले करिब ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ।
सशस्त्र प्रहरीले मंगलबार लुकाइ छिपाइ राखेको करिब ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको जनाएको छ।
सुर्योदय नगरपालिका कट्टेबुङस्थित एक घरमा अवैध रुपले ल्याइ लुकाइ छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो।
बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।